७ वैशाख २०८१ शुक्रबार
खेल

कोहलीले तोडे सचिनको रेकर्ड, एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा

नयाँ दिल्ली– भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पुरा गरेका छन्। यो सँगै कोहलीले भारतीय क्रिकेटका महारथी सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन्। 

वेस्ट इण्डिजविरुद्ध विशाखापट्टनममा बुधवार भएको एकदिवसीय क्रिकेटमा कोहलीले ८१ रन पुरा गर्दा वनडे क्रिकेटमा सचिनले बनाएको सबैभन्दा बढी १० हजार रनको रेकर्ड तोडिएको हो।

एकदिवसीयमा कुल २६६ इनिङ्ग खेलेका सचिनले २५९ औं इनिङ्गमा १० हजार रन बनाएका थिए। जबकी कोहलीले २१३ वनडेको २०५ औं इनिङ्गमा १० हजार रन बनाउँदै सचिनको रेकर्ड तोडेका हुन्। उनले सबैभन्दा छिटो १० हजार रनको विश्व कीर्तिमान पनि कायम गरेका छन्। 

भारतबाट १० हजार रन पुरा गर्ने कोहली पाँचौं खेलाडी हुन्। यसअघि सचिनसहित सौरव गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले १० हजार रन पुरा गरेका थिए। तर, कोहलीले कम इनिङ्गमै १० हजार रन पुरा गरेर विश्व कीर्तिमान कायम गरेको आइसिसीले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०७५ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App