८ वैशाख २०८१ शनिबार
समाज

जुम्ला जीप दुर्घटना अपडेटः ढुङ्गा छल्न खोज्दा दुर्घटना (घाइतेकाे वयानसहित)

जुम्ला– जुम्लाको हिमा गाउँपालिका १ द्यार गाउँमा दुर्घटना भएको बुलबुले यातायातको जीपमा सवार चन्दननाथ नगरपालिका ९ का दिपबहादुर सार्की घाइते मध्येका एक हुन। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइराखेको छ। उनी अस्पतालको बेडमा छँदा पनि जीप चढेको झै अनुभूति गर्छन। उनले भने, ‘जीप तिव्र गतिमा कुदिरहेको थियो, द्यार गाउँ नजिकैको मोडमा रहेको ढुङ्गा छल्न खोज्दा नियन्त्रण भन्दा बाहिर गयो।’ चालकले जीपलाई नियन्त्रणमा लिने अधिकतम प्रयास गर्दा पनि सफल भएनन्। अन्ततः सडकबाट जीप खस्यो। 

दैलेखको दुल्लु नगरपालिका ५ का २५ वर्षका भक्ति साउदले जीप चलाई राखेका थिए। ‘कच्ची सडकमा तिव्र गतिमा जीप नहाँक्नु पर्ने हो’, उनले भने, ‘मोडमा पनि विस्तारै नचलाउँदा दुर्घटना निम्तियो। उनले थपे, ‘जीप पल्टँदै खेतमा पुगेको स्मरणमा छ। सडकबाट जीप खसेको अवस्था हेर्दा बाच्छौँ जस्तो लागेको थिएन, तर भाग्यवश बाँच्न सफल भइयो, यसैमा खुसी छुँ।’ उनले जीप झण्डै २ सय मिटर तल खसेर खेतमा पुगिसकेपछि मात्रै पल्टिएको बारेमा थाहा भएको बताए। जीप सडकबाट खस्दा वरपरको मेलामा महिलाहरु घाँस काट्दै थिए। उनीहरुले घाइतेलाई पानी पिउन दिएको उनको भनाई थियो। तिव्र गतिमा कुदेको जीपको सडकको घुम्ती मोड्न चौडाई पुगेन।

जीप दुर्घटनामा परेर एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भयो। मृत्यु हुनेमा जुम्ला तिला गाउँपालिका ३ का बर्ष २६ का लाले सार्की, उनकी पत्नी २५ बर्षिया जानकी सार्की र उनको ८ महिने छोरी महिमा सार्की छन्। 

घाइते हुनेमा चन्दननाथ नगरपालिका ९ का दिपवहादुर सार्की, सोही वडाकै गगने सार्की, चन्दननाथ नगरपालिका ३ का जितेन्द्र खत्री र चालक दुल्लु नगरपालिका ५ का भक्ति साउद रहेका छन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। एम्बुलेन्सको पहुँच नभएकोले फरक फरक गाडीबाट विरामीलाई अस्पतालमा पुर्याइएको थियो। 

घाइतेले कच्ची सडकमा तिव्र गतिमा सवारी चलाउनेलाई कारवाही गर्न माग गरेका छन्। सडकको विभिन्न खण्डमा ट्राफिक प्रहरी खटाइनुपर्ने भन्दै नाग्म गमगडी सडकमा चालकले सवारी चलाउँदा निकै लापरवाही गर्ने गरेको भन्दै ट्राफिक चेतना अभिवृद्धि गर्दै चालकलाई सवारी चलाउँदा संयमित रहनको लागि आग्रह गरे। खलंगादेखि सुर्खेतका लागि छुटेको भे १ ज ८६५ नम्बरको बुलबुले यातायातको जीप सिजाको नराकोट गएर फर्किने क्रममा दुर्घटना भएको डिएसपी रिजालले जानकारी दिए। उनका अनुसार बच्ची सहित ७ जना यात्रु सवार थिए। यो जीप चालक सहित १० जना सिट भएको हो। 

प्रकाशित: ७ कार्तिक २०७५ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App