coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिरामी बोक्न मान्दैनन् जहाज

जुम्ला विमानस्थलमा टिकटका लागि भिडभाड । तस्बिरः डिबी/नागरिक

जुम्ला – रोल्पा थवाङ्की जनसरी घर्ती दुई साता देखि जुम्लामा बिरामी छन्। मुटु र छाती दुख्ने समस्याले ग्रस्त उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको थियो। तर जुम्लामा उपचार हुँन नसक्ने भन्दै अस्पतालले रेफर गरेपछि उनलाई जुम्ला विमानस्थलमा लगियो। तर उनलाई कुनै पनि जहाजले लिन मानेन्न।

बिरामी सिट पूर्ति भइसकेको भन्दै जहाज कम्पनीका कर्मचारीले जहाजमा चढाउन मानेन्न। जुम्ला अस्पतालको एम्बुलेन्समा अक्सिजन चढाएर विमानस्थल पुगेकी उनी जहाजले उडान गर्न नमानेपछि पुनः जुम्ला अस्पताल फर्किइन्। बिहानैदेखि उनका आफन्त जहाजमा टिकटका लागि विमानस्थलमा पर्खिरहेका थिए। तर पनि जहाज आए, बिरामी जान पाएन्न, बिरामीका आफन्त गुठिचौर गाउँपालिका ३ का प्रेमराज गिरीले भने,‘अक्सिजनविना उनको ढुकढुकी चल्न सक्ने अवस्था छैन, जहाजमा टिकट पाइदैन, सडकबाट लिन सकिने अवस्था छैन।’

२ वर्षदेखि जुम्लामा बस्दै आएकी घर्तीको अवस्था नाजुक हुँदै गएपछि अस्पतालले सुविधा सम्पन्न अस्पतालमा जानको लागि रेफर गरेको हो। विमानस्थलमा बिहानैदेखि टिकटको लागि पहल गरे, कुनै जहाज कम्पनीका कर्मचारीले सुनेन्,उनले भने,‘सदरमुकाम आसपासका निजी एयरलाइन्स कम्पनीका कर्मचारीसँग पहुँच भएका बिरामीलाई भने टिकट बाड्दै उडाउँदै गरिएको छ।’ बिरामीको चित्कार, विमानस्थलका कर्मचारीले सुन्दैन्न, सामान्य अवस्था बिरामी पनि पहुँच हुँदा सहजै रुपमा उड्छन।

कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक रत्नविर सुनार जहाजमा बिरामीलाई चढाएर आफु ओर्लीए। जहाजले बिरामीलाई लिन नमानेपछि आफ्नो टिकट बिरामीलाई दिएर उनी बाहिर निस्किए। उनले भने,‘बिरामीको वेदना चिकित्सकलाई थाहा हुन्छ, त्यसैले मैले बिरामीलाई टिकट दिएर स्थलमार्गबाट हिँड्ने सोच बनाइसके।’ उनले जहाजले बिरामी आउने वित्तिकै टिकटको व्यवस्थापन हुने गरी बिरामी टिकट छुट्टै राख्नुपर्नेमा जोड दिए।

समिट एयर र तारा एयरलाइन्सको जहाजले उडान भरेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा जहाजले बिरामीलाई टिकट दिन कन्जुस्याई गरेको बताउँछन्। उनले भने,‘अस्पतालले रेफर गरेकै बिरामी चढायौं भन्छ्न, तर बिरामी जान नपाएको दुखेसो गरिरहन्छन। उनले बिरामीका नाममा कर्मचारी आफन्त र पहुँचवालालाई बिरामी गरेर उडाउने गरेको हुन सक्ने बताए।  समिट एयरले बिरामी सिटमा बिरामी नै चढाउने गरेको पाइएको छ, तर तारा एयरलाइन्सले अटेर गरिरहेको छ।

निजी विमान कम्पनीका प्रतिनिधीलाई बोलाएर छलफल गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा भएको एयरलाइन्स सम्बन्धीको बैठकमा बिरामीलाई प्रत्येक जहाजमा २ टिकट अनिवार्य राख्ने निर्णय भएको छ। दुई वटा सरकारी टिकट हुनुपर्ने व्यवस्था हो तर, एयरलाइन्सले मनपरी रुपमा यात्रु चढाउने र निर्णयको अवज्ञा गरिरहेका छन, सहायक पजिअ बुढ्थापाले भने,‘ विमानस्थलमा निजी एयर कम्पनी प्रक्रियावद्ध चलेका छैन्न, उनीहरूको नियमन गर्न प्रशासनले पहल गर्छ।

समिट एयरका स्टेशन इन्चार्ज सन्तोष शाहीले बिरामी सिट सुरक्षित हुने गरेको बताउँछन। उनले भने,‘आवश्यक परे बिरामी सिट भन्दा बढि बिरामी पठाउँछौ। बिरामीको प्रकृति हेरेर जहाजमा टिकट दिने गरेका छौँै।’ टिकट नपाउदा बिरामी विमानस्थलमा अलपत्र पर्ने गरेका छन्।

प्रकाशित: ७ कार्तिक २०७५ १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App