७ वैशाख २०८१ शुक्रबार
समाज

थ्रेसिङ मेसिनमा काटिएर महिलाकाे मृत्यु

कैलाली- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६, लालपुर कोली कटानमा धान थ्रेसिङ गर्दै गर्दा चिप्लिएर मेसिनमा छिर्दा एक महिलाको काटिएर मृत्यु भएको छ।

खेउटे कामीको धान थ्रेसिङ गर्न घरमै पुगेको थ्रेसर मेसिनमा धानका बाला हाल्दै गर्दा उनकी ५५ वर्षीया पत्नी चम्पा कामीको बुधबार दिउँसो साढे तीन बजेतिर मृत्यु भएको हो। थ्रेसिङ मेसिनमा चढेर धानका बाला हाल्दै गर्दा चिप्लिएर मेसिनभित्र छिर्दा उनको मृत्यु भएको हो।

से१त ५९८३ नम्बरको ट्याक्टरले थ्रेसिङ गर्दै गर्दा उनी चिप्लिएर थ्रेसिङ मेसिनभित्र पसेकी थिइन्। चलिरहेको मेसिनभित्र चिप्लिएर छिर्दा कामीको टाउको र शरीर अलग अलग भएको थियो। घटनास्थलमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी खटिएका छन्।

प्रकाशित: ७ कार्तिक २०७५ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App