coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वसन्तपुरमा एकै दिन १३ लाख आम्दानी

काठमाडौं – सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको संख्या बढेपछि एकै दिन करिब १३ लाख आम्दानी भएको छ।

भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको संख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो। घुम्न आउने पर्यटकबाट मङ्गलबार मात्रै १३ लाख आम्दानी गरेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिए। अन्य दिन सामान्यतयाः दैनिक १० लाख आम्दानी गर्दै आएको छ।

सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या ८२ अन्य देशबाट १ हजार २६९ जना पर्यटक घुम्न आएका थिए। यसै कारण यो वर्ष अहिलेसम्मको सबैभन्दा बढी शुल्क पनि त्यसै दिन १२ लाख ८१ हजार ३०० जम्मा भएको हो। यहाँ विशेष गरी चीन, जर्मन, फ्रान्सलगायत देशबाट पर्यटक घुम्न आउने गर्दछन्।

यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कबापत १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले १ हजार तिर्नुपर्छ। शुल्कबापत दैनिक सङ्कलन हुने रकमलाई पर्यटकको संख्या बढाएर १५ लाख सम्म पुर्याउने लक्ष्य सुनाउँदै कार्यक्रम प्रमुख पसखलले वसन्तपुर क्षेत्रका सांस्कृतिक संरचना पुनःनिर्माणमा तीव्रता दिइएकाले पर्यटकको संख्या बढेको बताए।

भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्मा गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको छ। उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् भने माजु देग पुनःनिर्माणको शुभारम्भ चरणमा पुगेको छ। कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको छ। यस वर्ष अहिलेसम्मको अवधिमा सबैभन्दा बढी पर्यटक मङ्गलबार आएका हुन्।

आन्तरिक पर्यटकको लागि भने शुल्क लिन व्यवस्था रहेको छैन। यस क्षेत्रमा पर्यटकको झण्डै तीन दर्जन सम्पदा रहेको छ। जसमा भूकम्पका कारण दश सम्पदाको वटा पूर्णरुपमा क्षति भएको छ भने अन्यमा सामान्य क्षति पुगेको बताएका छन्।  (रासस)

प्रकाशित: ७ कार्तिक २०७५ ०८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App