८ वैशाख २०८१ शनिबार
खेल

च्याम्पियन्स लिगः वार्यन म्युनिखद्वारा एइके एथेन्स पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न समूह ‘इ’ को खेलमा जर्मन क्लब वायर्न म्युनिखले ग्रिकको एइके एथेन्सलाई २–० ले हराएको छ। एथेन्सको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली वायर्न म्युनिखको जितमा ६१ औ मिनेटमा जाभी मार्टिनेज र ६३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरे।

जितसँगै ३ खेलबाट ७ अंक जोडेको वार्यन म्युनिख समूहको दोस्रो स्थानमा छ। एथेन्स भने अंकविहीन हुँदै पुछारमा रहेको छ। यही समूहको अर्को खेलमा अजाक्सले बेन्फीकालाई १–० ले हरायो। जितसँगै अजाक्स ७ अंकाका साथ समूहको शीर्ष स्थानमा पुगेको छ। बेन्फीका भने ३ अंकका साथ तेस्रो स्थानमा छ।

प्रकाशित: ७ कार्तिक २०७५ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App