coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपाको सचिवालय बैठक आज पनि

काठमाडौ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउसो प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ। बैठक नियमित रहेकाले समसामयिक विषयमा छलफल हुने नेकपाका महासचिब विष्णु पौडेलले जानकारी गराए।

दिउसो ३ वजे बस्ने बैठकमा सरकारका कामकारवाहीको समीक्षा र पार्टीका एकिकरण हुन बाँकी रहेका विभिन्न संगठनबारे छलफल हुने बताइएको छ। ९ सदस्यीय सचिवालयको आजको बैठकमा ७सदस्यमात्र  उपस्थित हुनेछन्। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेल देशबाहिर रहेका कारण उनीहरु बैठकमा अनुपस्थित हुनेछन्। 

यस अघिको सचिवालय बैठकले प्रदेश स्तरमा भएको एकिकरण, दाेहाेराे पदीय दायित्वलगायतका विषयमा बरिष्ठ नेता माधवकुमार नेपालले राखेको लिखित असन्तुष्टि आगामी १२ र १३ गते हुने तय गरिएको स्थायी समिति बैठकमा छललफ गर्ने तय गरेको थियो। 

 

प्रकाशित: ७ कार्तिक २०७५ ०६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App