८ वैशाख २०८१ शनिबार
खेल

थाइल्यान्डसँग अंक खोस्ने लक्ष्यमा नेपाल

काठमाडौं – नेपालका प्रशिक्षक हरिओम श्रेष्ठले बुधबार एएफसी यु–१९ महिला च्याम्पियनसिप २०१९ को छनोट समूह ‘बी’को पहिलो खेलमा आयोजक थाइल्यान्डविरुद्ध अंक खोस्ने लक्ष्यमा रहेको बताएका छन्।

‘थाइल्यान्ड बलियो  टोली हो । हामी उनीहरुसँग कम्तीमा एक अंक खोस्न चाहान्छौ,’श्रेष्ठले भने, ‘हामी घरेलु टोलीविरुद्ध कान्टर अट्याकको रणनितीमा मैदान उत्रने छौ । हामी रेखा पौडेललाई मात्र एक स्ट्राइकरको रुपमा मैदान उत्रार्ने छौ । हाम्रो लक्ष्य दोस्रो चरण प्रवेश हो।’

‘टोलीका सबै खेलाडी फिट छन् । यो टोलीका लागि राम्रो संकेत हो,’उनले भने, ‘टिम भावना नै नेपाली टोलीको मुख्य हतियार हो । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका सरु लिम्बु, गोलकिपर अन्जना राना मगर र मन्जली योन्जनको उपस्थितीले थप फाइदा पुग्ने छ  किनभने उनीहरु अनुभवी खेलाडी हुन्।’

श्रेष्ठले थाइल्यान्ड आयोजकका हिसाबले अर्को चरणमा प्रवेश गर्ने भएकाले भारतविरुद्ध हुने समूहको अर्को खेल निकै महत्वपूर्ण रहेको बताए । ‘हामी हालै मात्र यु–१८ साफ च्याम्पियनसिपमा सहभागी भएर फर्किएका हौ । त्यसैले त्यहा बटुलको अनुभव नेपाली टोलीका लागि फाइदाजनक बन्नेमा म आशाबादी छु,’श्रेष्ठले थपे।

३० टोलीले  पहिलो चरणको छनोटमा सहभागिता जनाएका छन्  । २०१७ को संस्करणमा गरेको प्रदर्शनको आधारमा जापान, उत्तर कोरिया र चीन भने यसअघि नै अन्चिम चरणमा प्रवेश गरिसकेका छन् । अन्तिम चरणको खेल थाइल्यान्डमा नै हुनेछ । सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसमध्ये प्रत्येक समूको शीर्ष एक टोली अन्तिम चरणमा प्रवेश गर्नेछ । त्यस्तै दुई उत्कृष्ट उपविजेता टोलीले पनि अन्तिम चरणमा स्थान पक्का गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ। खेल नेपाली समय अनुसार साँझ सवाँ ६ बजे सुरु हुनेछ ।

नेपालले प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार भारतको सामना गर्ने छ भने अन्तिम खेलमा आइतबार पाकिस्तानको सामना गर्नेछ।

प्रकाशित: ७ कार्तिक २०७५ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App