८ वैशाख २०८१ शनिबार
समाज

कृष्णनगरमा लगाईएको कर्फ्यु हटेपछि सामान्य बन्दै जनजीवन

कपिलवस्तु- दुई दिनदेखि लागेको कर्फ्यु मंलबार बिहानदेखि पुर्णरुपमा हटे पछि कपिलवस्तुको प्रमुख ब्यापारिक केन्द्र कृष्णनगरको जनजीवन सामान्य बनेको छ। गत कार्तिक २ गते दुर्गा भगवती मुर्ति बिर्सजनका क्रममा बिवादले अग्ररुप लिए पछि कर्तिक ४ गते साँझबाट स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको थियो।

  कृष्णनगरको शान्ति सुरक्षाका अवस्था सामान्य बने पछि कर्फ्यु हटाएको प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलले बताए। २ दिन देखिको कर्फ्युले उकुसमुकस बनाएकोमा कर्फ्यु हटे पछि सहजता आएको कृष्णनगरका स्थानीय ब्यापारी रामचन्द्र मुराउले बताए।

 ठप्प बनेको भन्सार संचालनमा आएको छ भने पसलहरु समेत खुलेका छन्। सर्वसाधारण र यात्रुहरुको आवतजावत समेत सुरु भएको छ। कर्फ्यु हटे पनि त्यसको असर भने अझै देखिएको छ। मंगलवार साँझ सम्म बजार पुर्णरुपमा खुलेको छैन। यस्तै बजारमा मानिसको चलहपलह समेत न्युन छ।

घटनाको राष्ट्रिय मानव अधिकार आयोग लगातयका विभिन्न संस्थाले समते अनुगमन गरेको प्रशासन कार्यालयले जनाएको छ। असोज २ गतेको घटना पछि दुर्गा भगवतीको मुर्ति विसर्रजन कार्य रोकिएको थियो। कर्फ्यु बिच नै २५ वटा मुर्ति बिर्सजन गरिएको प्रजिअ पोख्रेलले बताए। मुर्ति बिसर्जनको क्रममा भिडयो खिच्न दिने वा नदिने बिषयमा बिवाद भएको थियो। बिवादकै बेला अज्ञात ब्यत्तिले ढुंगा प्रहार गरे पछि कृष्णनगर क्षेत्र तनावग्रस्त बनेको थियो। कार्तिक २ गते देखि कर्तिक ४ गते साझसम्म नै कृष्णगनर बजारमा प्रहरी र स्थानीय बिच पटक पकट झडप भएको थियो।

 

प्रकाशित: ६ कार्तिक २०७५ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App