६ वैशाख २०८१ बिहीबार
समाज

पेस्तोल बरामद

मुस्ताङ – बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–२ छेङगुरबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ। 

सोमबार साँझ गाउँ पसेको चोरको समूहले फालेको कटुवा पेस्तोल बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मुक्तिनाथबाट गस्तीमा गएको प्रहरी टोलीले लखेट्ने क्रममा उक्त समूहले साथमा रहेको पेस्तोल फालेर भीरतर्फ भागेको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए। जिल्लामा केही दिनयता बढेको आन्तरिक पर्यटकको चापसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ६ कार्तिक २०७५ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App