७ वैशाख २०८१ शुक्रबार
प्रवास

युएईमा मनाइयो संविधान दिवस

युएई— अबुधावीस्थित नेपाली दूतावासले संविधान दिवस मनाएको छ। कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डनले संविधान दिवसको अवसरमा विशेष  समारोहको आयोजना गरेका थिए।

समारोहमा प्रमुख अतिथि संयुक्त अरब इमिरेट्सका परराष्ट्र मन्त्रालयका सहायक मन्त्री याकुब अल हुसेनी थिए। समारोहमा तीन दर्जनभन्दा बढी दूतावासका कुटनीतिज्ञ, परराष्ट्र मन्त्रालयका अधिकृतहरु, नेपाली बुद्धिजीवी तथा व्यवसायी सहित सयौंको उपस्थिति थियो।

कार्यक्रममा कार्यवाहक राजदूत टण्डनले नेपाल र युएईबीचको सम्बन्ध, दुई पक्षीय सहकार्य, व्यापार, लगानी तथा पर्यटन क्षेत्रको विकासबारे उल्लेख गरेका थिए। युएई तीन दशकमा आर्थिक उन्नतिको फड्को मारेको उल्लेख गर्दै यो एशियाकै लागि उदाहरणीय भएको उल्लेख गरेका थिए।
स्वागत समारोहको सञ्चालन दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले गरेका थिए।

प्रकाशित: ६ आश्विन २०७३ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App