७ वैशाख २०८१ शुक्रबार
राजनीति

म सरकारको बिरोधी हैन : नेता नेपाल

दाङ -  संसदमा सरकारको चर्को आलोचना गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले मंगलबार सरकारको बचाउ गरेका छन्। उनले मंगलबार दाङमा बर्तमान सरकारका बिरुद्ध आँफूले नकारात्मक टिप्पणी नगरेको भन्दै यसको दोषी सञ्चार माध्यम रहेको आरोप समेत लगाए।

उनले आँफू बर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोधी नरहेको समेत दाबी गरे। नेकपाले घोराहीमा आयोजना गरेको कार्यक्रममा बर्तमान सरकारको सह्राना गरेका नेता नेपालले भने ‘बर्तमान सरकार समृद्धिका निम्ती अगाडि बढिरहेको छ, यो सरकार पाँच बर्ष मात्रै हैन, पन्ध्र बर्षसम्म निरन्तर चल्ने छ।’ उनले यसअघि संसद बैठकमा ‘देश डुब्न लागेको र माझी कोहि बचाईदेउ’ भन्दै सरकारको आलोचना गरेका थिए। आँफू विदेशमा रहँदा पनि केहि सञ्चार माध्यमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध आफ्नो अभिव्यक्ति जोडेर समाचार प्रवाह गरेको भन्दै उनले यसको कुनै सत्यता नभएको बताए। ‘म मुलुक बाहिर हुँदा केहि सञ्चार माध्यमले प्रधानमन्त्रीलाई हटाउन प्रचण्ड र माधव नेपाल गोप्य सहमती भएको भनेर छ्याप्छ्याप्ती समाचार बाहिर ल्याए,’उनले भने ‘त्यो सरासर गल्ती हो।’ तथापी उनले बर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्दै यो कमजोरी सुधार्न भने सरकार गम्भिर बन्नु पर्ने बताए।

पार्टी र सरकार सञ्चालन विधि र प्रकृया अनुसार हुनु पर्ने अडानमा आँफू रहेको भन्दै उनले यहि अडानलाई कडा बिरोधीका रुपमा लिन नहुनेमा उनले जोड दिए। ‘योग्य,ईमान्दार, योगदान गरेका व्यक्तिहरुलाई स्पेश दिनु पर्छ,’उनले भने ‘कसैलाई मन पर्दैमा अयोग्यलाई समेत उँचो स्थान दिईनु राम्रो हैन, यसरी पार्टीलाई राम्रो गर्दैन।’ यसैगरि कांग्रेस प्रतिपक्षको भूमिकामा कमजोर देखिएको टिप्पणी समेत गरे। सरकारको कामकारवाहीको निगरानी राखेर सरकारलाई सहि बाटोमा लाग्नका लागि सचेत गराउनु पर्ने प्रतिपक्षी कांग्रेस यो भूमिकामा कमजोर रहेको उनको टिप्पणी थियो। उनले भने ‘कांग्रेसले सरकारलाई सजग गराउने भन्दा पनि आफ्नो स्वार्थका बिषयहरुमा मात्रै तात्ने गरेको छ, कांग्रेस जिम्मेबार प्रतिपक्षको भूमिकामा आउन जरुरी छ।’

 

 

 

प्रकाशित: ६ कार्तिक २०७५ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App