coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चोरी आरोपमा युवक पक्राउ

महोत्तरी – चोरी गरेको आरोपमा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। महोत्तरी गाउँपालिका–३ का सत्यनारायण पण्डितको घरबाट एक थान साइकल, पानी तान्ने मोटर ३ थान चोरी भएको र चोरी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले जलेश्वर नगरपालिका–६ बाट पिपरा गाउँपालिका–८ का २० वर्षीय बिजयकुमार दासलाई पक्राउ गरेको छ। 

पक्राउ परेका युवकको साथबाट चोरी भएको एक थान साइकल र प्लाष्टिकको बोरामा लुकाई राखेको पानी तान्ने ३ थान मोटर समेत वरामद भएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका युवकलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७५ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App