८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारले गलत दिशा लिएको छः सिपी मैनाली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरे बमोजिम काम गर्न नसकेको र असफल भएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘ओली सरकारसँग सशक्त बहुमत छ, तर जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन्। सरकारको काम सन्तोषजनक छैन्।’

मैनालीले सरकारले आफ्ना प्रतिबद्धताहरु पूरा गर्न नसकेको आरोप लगाए। उनले भने, ‘जनताका आकांक्षा त सरकारले पूरा गर्न सकेन् । तर, ३३ केजी सुन प्रकरण, ठेकेदारहरुलाई कारबाही गर्ने कुरा, एनजिओ तथा आईएनजिओको सम्पत्ति विवरण सार्वजनिक गर्ने कुरा सरकारले सुरु गर्यो, तर बीचमै छाडिदियो। चाडबाडमा महँगी अस्वभाविक रुपमा वृद्धि भएको छ। हत्या, हिंसा, बलात्कारका घट्नाहरु बढेका बढै छन्। यसमा सरकार चुकेको छ।’ सरकारले जनतालाई अनावश्यक कर र दस्तुरको भार बोकाएको उनको आरोप छ। 

निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा अपराधी पत्ता लगाउन सरकार चुकेको उनको आरोप छ। 

सरकारले जनताको अपेक्षाअनुसार काम नगरेको बताउँदै सरकारप्रति जनता अहिले सन्तुष्ट पनि नरहेको उनले जिकिर गरे। उनले भने, ‘सरकारले गलत दिशा लिएको छ। सुरुवात विल्कुलै राम्रो देखिएन्।’

प्रकाशित: ६ कार्तिक २०७५ ११:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App