७ वैशाख २०८१ शुक्रबार
समाज

जुम्ला विमानस्थल एक महिना बन्द हुने

स्तरउन्नती हुन लागेको जुम्ला विमानस्थल : डिबी/नागरिक

जुम्ला – जुम्ला विमानस्थल एक महिनाको लागि बन्द गरिने भएको छ। स्तरोन्नती गर्न भन्दै कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरिने जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माले जानकारी दिए। उनका अनुसार अहिले पनि जहाज अवतरण हुन भन्दा अघिपछि विमानस्थलको स्तरउन्नती कार्य भइरहेको छ। स्तरोन्नती कार्यलाई छिटो सकाउनको लागि बिमानस्थल नै बन्द गर्ने निर्णय भएको हो। 

जुम्लामा तारा, सिता, समिट र नेपाल एयरलाईन्सको जहाजले उडान भर्ने गरेका छनप्रमुख शर्माले भने, ‘झण्डै एक महिना जुम्लामा कुनै पनि जहाज चल्ने छैनन्। बिमानस्थलको स्तरोन्नतीको कामले तिव्रता  पाउने छ। विमानस्थलको रनवे र पार्किङ तिर घास उम्रनेदेखि पहिले गरेको पिच उप्किसकेकोले स्तरउन्नती गर्न लागिएको हो। 

दसैं तिहारको समयमा विमानस्थल बन्द नगर्नु पर्ने भएपनि यहाँको अनुकुलताले बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको विमानस्थल प्रमुख शर्माले बताए। यता जुम्लावासीले दसैं तिहारको चापको समयमा विमानस्थल बन्द भएकोमा दुःख व्यक्त गर्दै छिटो भन्दा छिटो स्तरोन्न्तीको कार्य सम्पन्न गर्न माग गरेका छन्। 

विमानस्थल स्तरउन्नतीका लागि चाहिने कामदार र निर्माण सामाग्री आईसकेकोले स्तरोन्नती कार्यमा कुनै ढिला नहुुने प्रमुख शर्मा बताउँछन्। अहिले विमानस्थल जीर्ण हुँदै गएकोले स्तरोन्न्ती गरेर सुरक्षित बनाइने भएको हो। 

मंसिर पुस महिनामा यहाँको चिसोले पिच गर्न नसकिने भएकोले कार्तिक महिना भित्रै स्तरोन्नतीको काम सक्ने गरी तयारी भइरहेको छ। दसैं तिहारको काखैमा विमानस्थल बन्द हुँदा जुम्लादेखि सुर्खेत, नेपालगंजसम्मको हवाई सेवा प्रभावित हुने भएको छ।

प्रकाशित: ६ कार्तिक २०७५ ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App