coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले जनतालाई कुहिरोको काग बनायो : प्रवक्ता शर्मा

फिदिममा पत्रकारहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा। तस्बिर : गिरिराज/नागरिक

पाँचथर – नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जनतालाई कुहिरोको काग बनाएको आरोप लगाएका छन्। पाँचथर सदरमुकाम फिदिममा पत्रकारहरु कुरा गर्दै शर्माले सरकारका गतिविधिले यस्तो देखाएको बताए। 

‘केपि ओलीको नेतृत्वको सरकार कुहिरोमा अलमलीएको काग जस्तो भएको छ। हामी सालिनताका साथ प्रतिपक्षबाट सरकारलार्ई सच्चिन सुझाव दिइरहेका छौं। सालिनतामा बोल्दा कांग्रेस कमजोर भयो भन्ने किसिमका कुरा आउने गरेका छन्। हामि संसद्मा तोडफोड गरेर हैन सालिन तरीकाले सरकारलाई सच्चीन अनुरोध गर्दै सहयोग गर्न तयार छौँ’ शर्माले भने, ‘नैतिक बलका आधारमा कांग्रेस अघि बढिरहेको छ। यसो गरेर सरकारलाइनै सहयोग गरीरहेको छ।’ 

वर्तमान सरकार पतन हुने खतरा रहेको शर्माको भनाई छ।  सरकारका मन्त्रीहरु जिम्मेवार हुन नसकेको समेत शर्माले आरोप लगाए। शान्तिसुरक्षा खस्कीएको, अत्याधिक मूल्य वृद्धि भएको, सरकार एकपछि अर्को गर्दै असफल हुँदै गएको उनको भनाई रहेको थियो। 

‘१५ बर्षसम्म कम्युनिष्ट नेतृत्व टिक्ला भन्ने अनुमान गरेको थिए। अहिले पाँच वर्षमानै पतन हुने अवस्था आयो। हामिले विचारले जित्यो तर कम्यूनिष्ट सिद्धान्त हार्दै गयो। एक दलिय व्यवस्था, नीजि सम्पती नबनाउने कम्यूनिष्ट सिद्धान्त हारेको छ’, उनले भने ‘पाँच वर्ष हामि सरकार ढाल्ने पक्षमा छैनौ।’

एउटा निर्वाचन जित्ने र अर्को हार्ने कांगे्रसको इतिहासमा देखिएकाले यो चुनाव हार्नुका कारणहरु पहिल्याएर महासमिति बैठक पछि नयाँ ढंगले अघि बढ्ने उनको कथन थियो। कांग्रेसको महासमितिको बैठक निर्धारीत समयमा गर्नका लागि तिव्र गतिमा काम भइरहेको शर्माले बताए। निर्धारीत समयमा महसमिति बैठक बसि विधानका साथै महत्पूर्ण कार्यक्रहरु अघि सार्ने उनको भनाई रहेको थियो।  

‘निर्धारीत समयमा महासमिति बैठकका लागि पार्टीको केन्द्रीय कार्यालयमा विधानको मस्यौदा तयारी, सांगठनिक दस्तावेज, अहिलेको अवस्था आउनका कारण के हुन भन्ने लगायतका विषयमा दस्तावेज पेश गर्ने गरी काम भईरहेको छ,’ उनले भने, ‘यसपाली सबै जिल्लामा चियापान सामारोह गरी आपसी मेलमिलापको भावना सञ्चार गर्न लागेका छौँ।’

कांग्रेस सुदृढिकरण गर्दै अघि बढाउन खोजेको उनको भनाई थियो। यसले पाँच वर्षमा सक्ता फर्किने अवस्था देखिएको उनको दाबि रहेको छ। सरकारको कामले गर्दा कांग्रेसलाई सहजता हुँदै गएको उनको भनाई थियो।

 

प्रकाशित: ६ कार्तिक २०७५ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App