८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

इलाम – मेची राजमार्गअन्तर्गत इलामको देउमाई नगरपालिका–६ मा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। 

झापाबाट पाँचथर जाँदैगरेको मे १ ज २६५७ नम्बरको जिप सडकबाट करिब २० मिटर तल खस्दा पाँचथरको राँकेका ३५ वर्षीय चन्द्रबहादुर दमाईंको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि इलाम अस्पताल पठाइएको छ।

दुर्घटनामा झापाको सतासीका ५३ वर्षीय लक्ष्मीप्रसाद चेम्जोङ, बिर्तामोड नगरपालिका ६ की ३६ वर्षीया रिया राजवंशी, त्यहीका १३ वर्षीय आवाज धिमाल, ४१ वर्षीया आशा राजवंशी, १४ वर्षीय अपिसय धिमाल, १३ वर्षीय आयुष धिमाल, भद्रपुर ६ की १८ वर्षीया निर्मला आचार्य, अर्जुनधाराका २४ वर्षीय युवराज पुरी, पाँचथर राँकेका ३३ वर्षीय मनकुमार नेपाली र नामथर नखुलेका एक पुरुष घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७५ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App