प्राविधिक तहमा दरखास्तै परेन

मङ्गलबार, ०६ कार्तिक २०७५, १६ : ३५ नागरिक

2066


काठमाडौं – लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन। गत वर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए। उनका अनुसार दरखास्त नपरेका विज्ञापनमध्ये ६५ आन्तरिक प्रतियोगिताअन्तर्गतको छ। एउटा खुला प्रतियोगिता र ३५ समावेशी प्रतियोगिताका विज्ञापन छन्। 

अधिकांश प्राविधिक तहका विज्ञापनमा दरखास्त नपरेको आयोगले जनाएको छ। त्यसमा पनि धेरै स्वास्थ्य सेवा क्षेत्रका विज्ञापनमा दरखास्त परेका छैनन्। ‘एक त जनशक्ति नभएर नै नपरेका हुन्, अर्को स्वास्थ्य शिक्षा विषय नेपालमै पढाइ नहुँदा दरखास्त नआएका हुन सक्छन्’, आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले भने। उनका अनुसार शिक्षाशास्त्र पढेकाबाट आएको दरखास्तले भने मान्यता नपाउँदा खाली हुन गएको हो। उक्त विषय भारतमा पढाइ हुन्छ। नेपालमा शिक्षा सङ्कायतर्फ स्वास्थ्यको पढाइ हुने गरे पनि मन्त्रालयको स्वास्थ्य सेवा ऐनले मान्यता दिँदैन। दरखास्त नपरेकामध्ये ५८ विज्ञापन स्वास्थ्य क्षेत्रका छन्। अधिकांश माथिल्लो तहमा खाली छ। 

केही इञ्जिनीयर, टाइपिष्ट, अमिन, अपरेटर, पशु स्वास्थ्यलगायत पदका विज्ञापन खाली रहे। चिकित्सक क्षेत्रका नवौंँ र एघारौंँ तहका बढी छन्। आयोगको केन्द्रीय कार्यालयअन्तर्गतका ६८ विज्ञापन र धनकुटा, हेटौँडा, पोखरा र जुम्ला कार्यालयका तीन तीन विज्ञापनमा दरखास्त परेन। 

इलाम, बागलुङ, दाङ, सुर्खेत, दिपायल र भीमदत्तनगर कार्यालयका दुई दुई तथा खोटाङ र काठमाडौं कार्यालयका चार चार एवं जलेश्वरको एक विज्ञापन खाली रहेको सुवेदीले जानकारी दिए। 

एउटा मात्रै खुला प्रतियोगिता रहेको नवौंँ तहको कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट पदमा दरखास्त परेन। समावेशीतर्फ अपाङ्गतातर्फ तीन, महिलातर्फ ११, दलितर्फ ११, मधेसी र आदिवासी जनजाति तीन तीन विज्ञापनमा दरखास्त परेन। अन्य भने आन्तरिक प्रतियोगिताका विज्ञापन छन्। 

आयोगका प्रवक्ता किरणराज शर्माले गत आर्थिक वर्ष कूल पाँच हजार ९७० पदका लागि एक हजार २०४ र समावेशी प्रतियोगितातर्फ एक हजार ८०७ विज्ञापन खुलाइएको जानकारी दिए। त्यसमा कूल पाँच लाख ६७ हजार ८५३ दरखास्त परेको थियो। 

अघिल्लो आवभन्दा गत वर्ष दरखास्तमा ३३ प्रतिशतले कमी आएको छ। सबैभन्दा बढी दरखास्त खरिदार पदमा एक लाख ४६ हजार ४७६ छ। सबैभन्दा बढी प्रदेश नं २ बाट कूल दरखास्तको २५ प्रतिशत छ जसमा २१–२५ वर्ष उमेर समूहका ३८ प्रतिशतले दरखास्त दिएका थिए। 

दरखास्त परेकामध्येबाट कूल सात हजार ७१८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिश गरिएको छ जसमा दुई हजार ४६५ (३२ प्रतिशत) महिला छन्। प्रदेश नं २ बाट सबैभन्दा बढी २० प्रतिशत स्थायीका लागि सिफारिश भएका छन्। समावेशीतर्फ तीन हजार २४४ सिफारिश भए। गत आठ वर्षमा ४१ हजार ६८ स्थायी नियुक्तिमा सिफारिश भएका छन्। सुरक्षा निकाय तथा सङ्गठित संस्थातर्फ तीन लाख ६९ हजार ८५७ मध्ये लिखित परीक्षामा एक लाख ५९ हजार ४२६ सहभाग थिए। आयोगका प्रवक्ता शर्माका अनुसार आयोगले त्रिवर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ। (नारायण ढु्ङ्गाना/रासस)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...