८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रिपरिषदले के के निर्णय गर्‍यो?

काठमाडौं— बिहीबार साँझको मन्त्रिपरिषद बैठकले बरिष्ठ कृषि विशेषज्ञ डा.प्रद्मुम्नराज पाण्डेलाई सार्कको कार्यालय ढाकामा काजमा पठाउने निर्णय गरेको छ। अल्ट्रा म्याराथन धाविका खेलाडी मीरा राईलाई ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

हुलाकका कर्मचारीहरुलाई साउनदेखिकै बढेको तलब नपाएकोमा उनीहरुलाई २५ प्रतिशत वृद्धि भएको तलब दशैँ अगाडि उपलब्ध गराउन थाल्ने निर्णय गरेको छ।

उच्च अदालत स्थापना भएका सात वटै ठाउँमा उच्च सरकारी वकिलको कार्यालय स्थापाना गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।

विश्व बैंकमा दक्षिण पूर्वी शाखा अर्थमन्त्रालयको अन्तरार्ष्ट्रिय सहायता शाखामा कार्यरत उपसचिव प्रेमनाथ उपाध्यायलाई कार्यकारी निर्देशकको सल्लाहकारको रुपमा पठाउने निर्णय गरिएको छ।

राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र सह अनुसन्धान निर्देशक रामबहादुर कार्कीलाई अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले गृह मन्त्रालय अन्तर्गतका कार्यालयहरुमा सरुवा गरेको छ। सशस्त्र प्रहरीमा व्यापक सरुवा गरिएको छ।

मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। विभिन्न अस्पतालमा उपचार गराइरहेका उनीहरुलाई १ करोड ४० लाख रुपैयाँ दिने भएको हो।

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी  राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रकाशित: ६ आश्विन २०७३ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App