coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले आलोचना सुन्नुपर्छ : नेता नेपाल

कोहलपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले आलोचना सुन्न सक्नुपर्ने बताएका छन्। ‘सरकारबाट काम गर्दै जाँदा गल्ती भएका हुन सक्छन्’, कोहलपुरमा मंगलबार कार्यकर्ता भेटघाटमा भने, ‘आलोचना सुन्नै नसक्ने, गल्ती नै भएको छैन जस्तो गरेर सरकार प्रस्तुत हुनु हुँदैन।’

आलोचनालाई पनि सरकारले सकारात्मक रूपमा लिन सक्नुपर्ने उनको भनाइ छ। तर, सरकारको कमजोरी भयो भन्दैमा धारे हात पनि लाउन नहुने उनले बताए। 

उनले सडक पनि प्रतिपक्षीलाई छाड्न नहुने बताए। ‘सडक र सदनको नेता कम्युनिष्ट पार्टीकै हुनुपर्छ’, उनले भने, ‘जसले सरकारलाई सही मार्गमा डो¥याउन सघाउ पु¥याउँछ।’ सरकारले जनतामा आफ्नो काम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सोच्नुपर्ने उनको भनाइ छ। ‘पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी होइन’, उनले भने, ‘स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारको कामकारबाहीको निगरानी पनि पार्टीले नै गर्छ।’

यसैबीच जितेकै ठाउँमा पनि समस्या हुन सक्ने र विपक्षीहरू सल्बलाउन सक्ने भएकाले काठमाडाैं–७ बाट वामदेव गौतमलाई ‘ब्याक’ गराइएको उनले बताए। 

अर्को प्रसंगमा नेता नेपालले अब तीव्ररूपमा पार्टी एकीकरणको प्रक्रिया माथिल्लोदेखि तल्लो तहसम्म हुने बताए। ‘केन्द्रीय कमिटीको पनि एक पाटोमा मात्रै एकीकरण भएको छ’, उनले भने, ‘धेरै कामहरू बाँकी छन्, अबको स्थायी समितिको बैठकपछि प्रक्रिया द्रूत गतिमा अघि बढ्छ।’ नेकपाले यही १२ र १३ गते स्थायी समितिको बैठक बोलाएको उनले जानकारी गराए। 

प्रकाशित: ६ कार्तिक २०७५ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App