८ वैशाख २०८१ शनिबार
समाज

कृष्णनगरको अवस्था सामान्य, कर्फ्यु हटाइयो

काठमाडौ– गत शनिवारदेखि तनावग्रस्त रहँदै आएको कपिलबस्तुको कृष्णनगरको अवस्था आजदेखि सामान्य भएको छ। दुर्गापूजाको मूर्ति विसर्जनका क्रममा स्थानीय हिन्दु र मुस्लिम समूदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो। 

सुरक्षा अवस्था संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शानिवारदेखि नै विभिन्न चरणमा कर्फ्यु लगाउँदै आएको थियो। 

प्रशासनले कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवनगरको बढाया पोखरी क्षेत्र पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यु लगाउने गरेको थियो। पछिल्लो पटक आज विहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्मका लागि कर्फ्यु हटाइएको थियो। 

अवस्था सामान्य भएपछि कर्फ्यु थप नगरिएको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए। ‘कृष्ण नगरको सुरक्षा अवस्था सामान्य भएको छ,’ पोखरेलले भने, ‘कर्फ्यु लगाउनुपर्ने अवस्था  नभएपनि कुनै अप्रत्यासित घटना नहोस भनेर हामीले उच्च सुरक्षा सर्तकता भने अपनाएका छौं।’

कर्फ्यु हटेपछि सिमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ। बजार क्षेत्रमा पसल खुल्न थालेका छन् भने सवारी साधन पनि सञ्चालन हुन थालेका छन्।

 

प्रकाशित: ६ कार्तिक २०७५ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App