७ वैशाख २०८१ शुक्रबार
समाज

साझाले ल्यायो बिजुली बस

तस्बिरः केशव थाेकर

काठमाडौं– राजधानीका सडकमा अब विद्युतीय बसहरु गुड्ने भएका छन्। सहरी यातायातमा ‘मास ट्रान्पोर्टेसन’लाई सरकारले प्रवर्दन गर्न थालेपछि सक्रिय भएको साझा यातायात प्रालिले काठमाडौंमा विद्युतीय बस सेवा सुरू गरेको हो। 

ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युतीय बस सेवा सञ्चालनको उद्घाटन गरेका छन।साझाले उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको बताएको छ।

चिनमा निर्मित यी वस खरिदका लागि एसियाली विकास बैंकले सहयोग उपलब्ध गराएको साझाका निमित्त कार्यकारी प्रमूख महेन्द्रराज पण्डेले जानकारी गराए। चालकसहित २० सिटको क्षमताका ती बसहरुमा सीसी क्यामेरा जडान गरिएका छन् ।

 

प्रकाशित: ६ कार्तिक २०७५ ०५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App