७ वैशाख २०८१ शुक्रबार
खेल

प्रिमियर लिगः आर्सनलले लेस्टर सिटीलाई हरायो

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ ले पराजित गरेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा आर्सनल १–० ले पछि परेको अवस्थाबाट खेलमा फर्किएको थियो।

३१ औं मिनेटमा वेन चिलवेलको प्रहार आर्सनलका हेक्टर बेलिरिनसँग डिफ्लेक्टलाई लागेर गोलमा परिणत भएपछि लेस्टरले खेलमा अग्रता बनाएको थियो। तर मेसुट ओजिलले उत्कृष्ट प्रदर्शन गरेपछि आर्सनलले खेलमा फर्कन धेरै समय लगाएन।

४५ औं मिनेटमा ओजिलले बराबरी गोल फर्काएपछि पहिलो हाफमा खेल एक–एकको बराबरीमा सकिएको थियो। आर्सनलका लागि बाँकी २ गोल सफ्सिच्युट खेलाडीको रुपमा ६१ औं मिनेटमा मैदान प्रवेश गरेका पियरे एमिरिक औबमियाङले गरे। उनले ६३ औं मिनेटमा हेक्टरको पासमा टिमका लागि दोस्रो गोल थपेका थिए।

६६ औं मिनेटमा ओजिलको सहयोगमा औबमियाङले गोल गरेपछि आर्सनलले ३–१ को सहज जित हात पार्यो। जारी सिजन आर्सनलको सबै प्रतियोगितामा गरी यो लगातार १० औं जित हो। जितपछि ९ खेलबाट २१ अंक जोड्दै आर्सनल तालिकाको चौंथो स्थानमा उक्लिएको छ। लेस्टर भने १२ अंकका साथ ११ औं स्थानमा छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App