coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हिमालय एअरलाइन्सको चीनमा नयाँ उडान सुरु

काठमाडौं – नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एअरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गरेकोे छ । चीनको प्रमुख पर्यटकीय सहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान भर्दै हिमालय एअरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको हो।

कात्तिक १ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय दिउ“सो ४ः५५ मा उडान भरेको यस एअरलान्इसको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार रातको ११ ः०५ मा अवतरण गरेको थियो।

हिमालय एअरलाइन्सले आफ्ना सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौंसम्मको चार्टड सेवा उपलब्ध गराउनेछ । चोङकिङ र काठमाडौंबीच सिधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एअरलाइन्स हो।
 

प्रकाशित: ६ कार्तिक २०७५ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App