७ वैशाख २०८१ शुक्रबार
अर्थ

कर्णालीमा मोबाइल एप्स

हुम्ला – सिमकोट गाउँपालिकाले पहिलोपटक मोबाइल एप्स सोमबारदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत दिने हरेक सेवा, सुविधालाई अझ सरल, सुलभ बनाउँदै र सर्वसाधारणलाई सजिलै सूचना प्रवाह गर्न मोबाइल एप्स सुरु गरिएको गाउँपालिकाका नायब सुब्बा ममता महतले बताइन्।

अब सर्वसाधारणले गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवालगायत गाउँपालिकाका गतिविधि सजिलै मोबाइलमार्फत हेर्न सक्ने उनको भनाइ छ।

साबिक कर्णालीका अन्य चार जिल्ला जुम्ला, मुगु, डोल्पा र कालीकोटलाई स्वीकृति नदिइएको र हुम्लाको सिमकोट गाउँपालिकालाई पहिलोपटक मोबाइल एप्स स्वीकृति दिइएको गाउँपालिका उपाध्यक्ष वली रावतले जानकारी दिइन् । आफ्नो मोबाइलमा रहेको प्ले स्टोरमा गई सिमकोट रुरल म्युनिसिप्यालिटी टाइप गरी डाउनलोड गरेर सिमकोट गाउँपालिकाको हरेक सूचना गतिविधि मोबाइलमार्फत नै जानकारी लिन सकिने महतले बताइन्।  (रासस)
 

प्रकाशित: ६ कार्तिक २०७५ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App