६ वैशाख २०८१ बिहीबार
समाज

वडाध्यक्षको कुटार्इबाट एक घाइते

रुकुम- रुकुम (पूर्व)को भुमे गाउँपालिकाका एक वडाध्यक्षले स्थानीयलाई कुटपीट गरेका छन्। गाउँपालिका–५ सेरावाङ्का वडा अध्यक्ष टेकप्रसाद बुढाले स्थानीय जुनबहादुर बुढालाई कुटपीट गरेको प्रहरीले जानकारी दिएको छ। दशैको अवसरमा गाउँमा सञ्चालन भएको मेलामा मदिरा सेवन गरेको भन्दै वडा अध्यक्षले उनलाई कुटपिट गरेको प्रहरीको भनाई छ।

मदिरा सेवन गरेर होहल्ला गर्न थालेपछि आफुले सम्झाउन खोज्दा विवाद चर्किएपछि कुटपिट भएको वडा अध्यक्ष बुढाले स्वीकार गरेका छन्। तर जुनबहादुरले भने एक्कासी आफूलाई कुटपिट गरेर घाइते बनाएको दावी गरे। कुटपिटबाट उनको निधार, टाउको र शरीरका अन्य विभिन्न ठाउँमा चोट लागेको उनकी आमा गंगाकुमारीले बताइन।

घटनाबारे जिल्ला प्रहरी कार्यालयमा निवेदन आएको तर वडा अध्यक्षलाई खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले बताए। वडा अध्यक्षलाई ल्याएर दुवै पक्षबीच छलफल गराएपछि मात्र घटनाको वास्तविकता बारे थाहा हुने उनको भनाई छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App