coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डाइनेस्टीको जबरजस्तीले माउन्टेन एयरमा क्षति

काठमाडौ– सोलुखुम्बुको लुक्ला विमानस्थलमा आज विहान भएको दुर्घटनामा डाइनेस्टी एयर दोषी रहेको माउन्टेन एयरले जनाएको छ।  डाइनेस्टीले जबरजस्ती अवतरण गर्दा माउन्टेन एयरमा क्षति पुगेको भन्दै क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाउने माउन्टेन व्यवस्थापनले जनाएको छ । 

सोमबार बिहान १० बजेर ३५ मिनेटमा लुक्ला विमानस्थलको हेलिप्याडमा रोकिरहेको माउन्टेन एयरको नाइन एन ए के बि हेलिकप्टरलाई डाइनेस्टी (नाइन एन ए एम आईले ठक्कर उक्त हेलिकम्पटर उड्न नसक्ने अवस्थामा पुगेको छ।

माउन्टेन एयरका जेनरल म्यानेजर दिलबहादुर ओलीले डाइनेस्टी एयरले सिधै ल्यान्ड गर्न खोज्दा उक्त दुर्घटना भएको नागरिकलाई जानकारी दिए । ‘माउन्टेन एयरको इन्जिन बन्द हुनेक्रममा रहेका बेला डाइनेस्टी एयरले जबरजस्ति ल्यान्ड गर्न खोज्दा दुर्घटना भएको हो । जहाज एकदमै नजिक थियो,’ उनले भने, ‘सिधै लो एप्रोच गर्दा डाउन ड्राप्ड (हावाको प्रेसर) ले टेल बुममा क्षति पुगेको छ ।’ 

हेलिकप्टरकोे मेन रोटरलाई धक्का दिएपछि टेल बुम पूर्ण रुपमा क्षति पुगेको ओलीको भनाई छ । टेल बुम निकै च्यातिएको छ । आन्तरिक रुपमा ठूलै क्षति भएको हुन सक्ने उनको भनाई छ। ओलिले उक्त घटनाको नेपाल नागरिक उड्यन प्राधिकरणले तत्काल छानविन गर्नु पर्ने माग गरेका छन्। क्षति पुगेको माउन्टेनको उक्त हेलिकम्पटर मर्मतका लागि कम्तिमा डेढ महिना लाग्ने उनको भनाई छ। 

सामान्यतया विमानस्थल तथा हेलिप्याडमा विमान स्विच गर्ने बेला टेक अफ र ल्यान्डिङ गर्न मिल्दैन । जहाजको क्षति अध्ययनसँगै क्षतिपूर्तिका लागि  क्लेम गर्ने उनको भनाई छ। 

डाइनेस्टी एयर अप्रेसन म्यानेजर बालकृष्ण पण्डितले भने हावाका प्रेसरका कारण छोएको जानकारी दिए । ठक्कर दिएपछि लुक्ला विमानस्थल पुगेका पण्डितले भने, ‘जानी जानी ठक्कर दिएको होइन । प्राविधिक कारणवस यो घटना भएको हो।के कति क्षति पुगेको भन्ने विषयमा अध्ययन गरेपछि मात्रै डिटेल जानकारी आउँछ ।’ 
डाइनेस्टी एयर नाइन एन ए एम आई हेलिकप्टर क्याप्टेन पाइलट शास्वद दुलालले उडाएका थिए। 

 

प्रकाशित: ५ कार्तिक २०७५ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App