coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लुक्लामा हेलिकप्टर ठाेक्किए

काठमाडौ–सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा २ हेलिकप्टर एक आपसमा ठक्कर खाँदा माउन्टेन एयरको हेलिकप्टरमा क्षति पुगेको छ।
सोमबार ११ः३० बजे माउन्टेनको हेलिकप्टरमा क्षति पुगेको हो । विमानस्थलको तल्लो हेलिप्याडमा रहेको माउन्टेनको हेलिकप्टरलाई एअर डाइनेस्टीको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा धक्काएको थियो। ल्याण्ड गर्नेक्रममा हावाको चापले माउन्टेनको टेल रोटरलाई लच्चाएको थियो। लच्चिएको टेल रोटर घुमेपछि त्यसले हेलिकप्टरमा क्षति पुगेको हो । हेलिकप्टरका यात्रु र पाइलट सबै सकुशल छन्। 

 

प्रकाशित: ५ कार्तिक २०७५ ०९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App