१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

वेस्ट इन्डिजविरुद्ध भारतको प्रभावशाली जित, रोहित र कोहलीको शतक

काठमाडौं – भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो वान डेमा क्रिकेटमा ८ विकेटको सानदार जित हासिल गरेको छ। घरेलु टोलीको जितमा कप्तान विराट कोहली र ओपनर रोहित शर्माले शतकिय पारी खेले। गुहाटीमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २२ रन बनाएको थियो।

वेस्ट इन्डिजका लागि शीम्रोन हिटमेयरले १०६ रनको शतकिय योगदान दिएका थिए। उनले ७८ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए। ओपनर कैरन पोवेलले ५१ रनको अर्धशतकिय योगदान दिए। ३९ बलमा ६ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान जेसन होल्डरले ३८, शाइ होपले ३२, केमर रोचले २६ तथा रोभमन पोवेल र देभेन्द्र विश्होले समान २२–२२ रन बनाए। भारतका लागि युज्वेन्द्र चाहलले ३, मोहमद शामी र रविन्द्र जडेजाले २–२ तथा खलिल अहमदले १ विकेट लिए।

तर विशाल लक्ष्य र हिटमेयरको शतक खेर गयो। जवाफमा भारतले ३ सय २३ रनको लक्ष्य ४२ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। भारतले दोस्रो ओभरमा ओपनर शीखर धवनलाई ४ रनमा गुमाएको थियो। तर रोहित र बिराटले दोस्रो विकेटका लागि २४६ रनको उत्कृष्ट साझेदारी गरे। रोहित ११७ बलमा १५२ रन बनाउँदै अविजित रहे। उनको पारीमा १७ चौंका र ८ छक्का सामेल थियो। रोहितको वान डेमा यो २० औं शतक हो।

यस्तै कप्तान कोहलीले १४० रनको योगदान दिँदै देवेन्द्र विश्होको बलमा ३३ औं ओभरमा स्टम्पिङ आउट भएका थिए। उनले १०७ बल खेल्दै २२ चौंका र २ छक्का प्रहार गरे। कोहलीको वान डेमा ३६ र समग्रमा ६० औं शतक हो। त्यस्तै कोहली आउट भएपछि क्रिजमा आएका अम्बाती रायुडुले अविजित २२ रनको योगदान दिए।

वेस्ट इन्डिजका लागि विश्हो र ओसेन थोमसले १–१ विकेट लिए। योसँगै पाँच खेलको वान डे सिरिजमा भारतले १–० को अग्रता बनाएको छ। दोस्रो वान डे बुधबार विशाखापट्टनाममा हुनेछ।

प्रकाशित: ५ कार्तिक २०७५ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App