coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषि हाटबजार भवन प्रयोगबिहिन

प्रयोगविहिन बनेको कृषि हाटबजार स्थल। तस्बिरः भगिश्वर लिम्बू

भगिश्वर लिम्बू

तेह्रथुम– स्थानीय कृषि उत्पादनलाई संकलन गरी बिक्री गर्न सहज होस् भन्ने उदेश्यले जिरिखिम्ती बजारमा निर्माण गरिएकोे कृषि हाटवजार स्थल प्रयोगबिहिन भएको छ।

जिरिखिम्ती कृषि थोक तथा खुद्रा बजार व्यव्स्थापन समितीले सो स्थानमा हटिया लगाउने निर्णय गरे पनि हटिया लाग्न नसक्दा लाखौं खर्चिएर निर्माण गरिएको कृषि हाटबजार स्थलको भवन प्रयोगबिहिन भएको हो।
जिरिखिम्ती बजारको बिच सडकमा सोमबार र सुक्रबार बिहान हटिया लाग्दा दुर्घटना हुने सम्भावना बढेको भन्दै बजार सार्ने निर्णय गरे पनि स्थानीय व्यापारी र कृषकहरुले कृषि हाटबजार स्थलमा सामाग्री बिक्री नगर्दा समस्या हुने गरेको निर्माण समिति अध्यक्ष यज्ञबहादुर अधिकारीले बताए ।

पाँच सटर भएको पक्की भवन, दुई वटा ट्रष्ट, तरकारी धोएर सफा गर्ने पक्की ट्याङकी र फोहोर संकलन गर्ने भवन प्रयोग र सरसफाई अभावमा निर्माण सम्पन्न भएको दुई वर्ष नबित्दै वर्षौ पुराना जस्ता देखिएका छन्। स्थानीय कृषि उत्पादनलाई संकलन गरी त्यही विक्री वितरण गर्ने र स्थानीय स्तरमा खपत हुन नसकेका उत्पादनलाई जिल्ला वाहिर निर्यात गरी किसानको आय स्तरमा वृद्धि गराउने उदेश्यले भवन निर्माण गरीए पनि प्रयोगबिहिन भएको हो।

अहिले पनि कृषकहरुले पनि त्यस स्थानमा नलगी जिरिखिम्तीको बिच सडकमै राखेर कृषि जन्य वस्तुहरु बिक्री गर्दै आए पछि सवारीचालकहरुलाई समस्या भएको छ। साँघुरो सडका छेउछेऊमा कृषकले आफ्नो उत्पादन बिक्री गर्न  राख्दा समस्या हुने गरेको सवारी चालकहरुले बताएका छन्।

साबिक जिरिखिम्ती, साब्ला, आम्वुङ, मोराहाङ, पिप्लेलगायतका गाविसका किसानले उत्पादन गरेको तरकारी, फलफुल र अन्य कृषि उत्पादन समितिले खरीद विक्री गर्ने र किसान स्वयम्ले हाट बजार स्थलमा ल्याएर बिक्री गर्न सहज होस् भन्ने उदेश्यले उक्त भवन निर्माण गरिएको थियो।

कृषि उपजको बजार र खपतको अध्ययन नै नगरी हाट बजार लगाउन भवन बनाउदा ठूलो धनराशी प्रयोग विहिन भएको छ। कमर्सीयल एग्रीकल्चर एलान्यन्स् (सिएए) र उपभोक्ताको गरी ७५ लाख रुपैंयाको लागतमा तीन वर्ष अघि नै निर्माण सम्पन्न भएका भवन र ट्रष्ट अहिलेसम्म सञ्चालनमा आउन नसक्दा प्रयोगविहिन बनेको भन्दै स्थानीयले चासो समेत राखेका छन्।
 

प्रकाशित: ६ आश्विन २०७३ १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App