coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मिलान डर्बीः एसी मिलानमाथि इन्टर मिलानको संघर्षपूर्ण जित

काठमाडौं – इटालियन लिग सिरिएमा इन्टर मिलानले एसी मिलानमाथि १–० को जित निकालेको छ। इन्टर मिलानको घरेलु मैदानमा आइतबार राति भएको खेलमा ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएको  थियो।

२२२ मिलान डर्बी रोमाञ्चक र प्रतिस्पर्धात्मक भने हुन सकेन। करिब ७८ हजार ७ सय २५ दर्शकमाझ खेलिएको खेलमा दुवै टोलीले गोल गर्ने धेरै अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन। खेलको १२ औं मिनेटमा इन्टर मिलानका कप्तान माउरो इकार्डीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएपनि भिडियो असिस्टेन रेफ्रीको प्रयोगबाट सो गोललाई अफसाइट दिइएको थियो।

एसी मिलानका माटियो मासाचियोले पनि गोल गरेका थिए तर उनको गोल पनि अफसाइट भएको थियो। त्यसपछि खेल गोलरहित बराबरीमा सकिनै लाग्दा २ मिनेट थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान इकार्डीले गोल गर्दै इन्टर मिलानलाई महत्वपूर्ण ३ अंक दिलाए।

इन्टर मिलान ९ खेलबाट १९ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। एसी मिलान भने ८ खेलबाट १२ अंक जोड्दै तालिकाको १२ औं स्थानमा छ। लिगको शीर्ष स्थानमा युभेन्टस र दोस्रो स्थानमा नापोली रहेका छन्। 

प्रकाशित: ५ कार्तिक २०७५ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App