coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली नोट छाप्ने मेसिनसहित मच्छेगाउँबाट ५ जना पक्राउ

काठमाडौं- नक्कली नोट छाप्ने गिरोहका ५ जनालाई नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने विभिन्न सामग्रीसहित कीर्तिपुर नगरपालिका ४ स्थित मच्छेगाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कीर्तिपुर ४ मच्छेगाउँ डेरा गरी बस्ने पर्सा पर्सागढी ३ का २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ, गोरखा शहिद लखन गाउँपालिका ८ का २५ वर्षीय नारायण श्रेष्ठ, काठमाडौं मुलपानी बस्ने मकवानपुर हर्नामाडी ९ का २५ वर्षीय साहिल थापामगर, काठमाडौं वौद्ध जोरपाटी बस्ने पर्सा विरुवागुठी ३ का २८ वर्षीय राज श्रेष्ठ र काठमाडौं कुमारीगाल बस्ने कागेश्वरी मनहरा ११ का २९ वर्षीय विकास दोचे रहेका छन्। 

नेपाली नक्कली नोटहरु छापी बजारमा वितरण तथा प्रयोग भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुबाट नक्कली नोट ३ लाख ७० हजार रुपैयाँ, पैसा छाप्ने मेसिन १ थान, सोको मसी २ वट्टा, पैसा छाप्न प्रयोग हुने पेपर २ वण्डल, मोबाइल ४ थान, लालिगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउने प्रयोग भएका सक्कली १ हजारका नोट ३ थान र १ सयका नोट ३ थान, पैसा बण्डल बनाउन प्रयोग गरिने गोर्खा फाइनान्सको ट्याग १२ थान र एनआईसी बैंकको नक्कली चेक समेत प्रहरीले बरामद गरेको छ। 

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ४ कार्तिक २०७५ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App