८ वैशाख २०८१ शनिबार
समाज

प्रेमीको ऋण चुक्ता गर्न अपहरणमा परेको नाटक गर्दै परिवारसँग फिरौती माग्ने सावित्री पक्राउ

काठमाडौं–ऋण तिर्न अपरहणको नाटक गरी फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य व्यक्तिबाट लिएको ऋण तिर्न नसकेपछि सिन्धुपाल्चोक घर भई पाटनढोका बस्दै आएकी २० वर्षीया सावित्री खड्का र उनका प्रेमी सिन्धुपाल्चोक कर्थली घर भएका हाल चप्पल कारखाना बस्दै आएका रामचन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सावित्रीले आफू अपरणमा परेकाले फिरौती रकम चाहियो भन्दै घर परिवारमा एसएमएस पठाएकी थिइन्। छोरी अपहरणमा परेको एसएमएस आएपछि उनका परिवारका सदस्यले महानगरी प्रहरी परिसर ललितपुरमा मौखिक उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले सावित्रीको खोजी गरेको थियो। अनुसन्धानका क्रममा सावित्री र रामचन्द्र पक्राउ परेका हुन्।

उनीहरु दुवै प्रेमी–प्रेमिका रहेको अनुसन्धानका क्रममा थाहा भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सावित्रीका प्रेमी रामचन्द्रले लिएको ऋण चुक्ता गर्न पैसा जुटाउने उद्देश्यले अपरहणको नाटक गरी फिरौती मागेको अभियोगमा दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: ६ आश्विन २०७३ ०९:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App