बेलायतमा ‘छक्का पन्जा ३’ को पहिलो शोमै ११ लाख संकलन

आइतबार, ०४ कार्तिक २०७५, १९ : ११ चिरन शर्मा  | @chiranuk

लण्डन- दिपाश्री निरौलाद्धारा निर्देशित ‘छक्का पन्जा ३’ बेलायतमा प्रर्दशन भएको पहिलो शोलाई दर्शकहरुले निकै रुचाएका छन्। शनिवार अल्डरशटस्थित प्रिन्सेस हलमा चलचित्र हेर्न आउनेहरुको बाक्लो उपस्थिती थियो। वितरक नेपाली इन्टरटेन्टमेन्ट युकेका विरेन खडकाका अनुसार पहिलो शोमा ७ हजार ८ सय पाउण्ड (११ लाख भन्दा बढी) संकलन भएको छ। चलचित्र हेर्न वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी समेत अल्डरशटमा पुगेका थिए। बेलायतका विभिन्न शहरबाट दर्शकहरु सो चलचित्र हेर्नु प्रिन्सेस हल पुगेका थिए। 

चलचित्र प्रर्दशनीको शुरुवात गर्दे वेलायतका लागि नेपाली राजदूत सुवेदीेले नेपाल चलचित्र, कला, संस्कृति, चाडपर्व, परम्परालाई माया गर्दै विदेशमा नेपाली भएर बाच्न र हाँस्न पाउनु वातावरण सृजना गर्न आग्रह गरे। उनले ‘छक्का पन्जा ३’ चलचित्रले बेलायतको सबै शहरमा सफलताको लागि शुभकामना दिए। उनले ‘छक्का पन्जा ३’ को सफलता पछि ‘छक्का पन्जा ४ बनाउन चलचित्र निर्माताहरुलाई आग्रह समेत गरे।

चलचित्रलाई नेपाली इन्टरटेन्टमेन्ट युकेका अनिल मल्ल, विरेन खड्का, तर्क र्गर्जुजा, गेरे गुरुगं लगायतको युवा समुहको सक्रियतामा बेलायतमा प्रर्दशनको गरिएको हो । 

चलचित्र हेर्न लण्डन देखी अल्डरशट पुगेका गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिमखडाले ‘छक्का पन्जा ३’ सन्देश मुलक चलचित्र भएको प्रतिक्रिया दिए। उनले भने, करिब तिन घण्टा वितेको पत्तै भएन भरपुर मनोरंजन लिएर फर्कियो। 'चलचित्रले सरकारी स्कुल भित्र हुने राजनीतिक बारे स्पष्ट वोलेको छ अरु केहीमा सुधार गर्न नसके पनि चलचित्रको कथाले भने जस्तै  शिक्षा क्षेत्रमा सुधार हुन सके शिक्षाले ठूलो फड्को मार्ने छ। 

‘चलचित्र ‘छक्का पन्जा ३’ ‘पहिलो नम्बरमा’ बोलको गीत निकै चर्चा बटुल्न सफल भएको थियो। चलचित्रमा मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, दीपक शर्मा छन्। साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउत रहेका छन्। चलचित्रको  छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन्। 








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad