coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रामेछाप सुमो दुर्घटनामा मर्नेको संख्या ३ पुग्यो

रामेछाप- रामेछाप नगरपालिका वडा नं २ देउरालीको खराने पाखामा शनिबार साँझ ना १ ज ४८१२ नं. सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। दुर्घटनामा परी दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ। दुर्घटनामा परी ९ जना घाइते भएका थिए। घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ। 

दुर्घटनामा रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँकी ६० बर्षिया ललीमाया कार्की र उनका छोरा ४० बर्षिया दुर्गा बहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको थियो भने सुमो चालक २६ बर्षिया हेम बहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको हो।   

दुर्घटनामा परी घाइते हुनेहरुमा १० बर्षिया निरुता सापकोटा,  ३५ बर्षिय नारायण सापकोटा, १२ बर्षिया निर्मला सापकोटा, १२ बर्षिय सार्थक सापकोटा, ३५ बर्षिया सान्ता सापकोटा, १८ बर्षिया उसा कार्की, २ बर्षिया बालिका युनिषा कार्की र ६१ बर्षिय गोरे वि.क. रहेका छन् । घाइतेहरुलाई  तामाकोशी सहकारी अस्पताल मन्थलीमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौं पठाइएको हो। घाइते मध्ये केहीको धुलिखेल अस्पतालमा र केहीको काठमाडौंका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अमरेन्द्र बहादुर सिंहले जानकारी दिए। 
 
सुमो शनिबार साँझपख दशैको टिका टाला गरेर फर्किने मानिस बोकेर कुकुरकाटे भन्ज्याङबाट रामेछाप नगरपालिका वडा नं. १ गोठपानीका लागि हिडेको थियो।  दुर्घटनामा परेको सुमो सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। 

प्रकाशित: ४ कार्तिक २०७५ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App