४ वैशाख २०८१ मंगलबार
समाज

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू, झडपमा प्रहरीसहित ६ जना घाइते

कपिलवस्तु- जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र कृष्णनगरमा आइतवार साझ ५ बजेदेखि कर्फ्यू लागेको छ। स्थानीय प्रशासनले गत असोज २ गते कृष्णनगरमा दुर्गा भगवतीको मुर्ति बिर्सजनका क्रममा भएको बिवादपछि तनावग्रस्त कृष्णनगरको स्थितिलाई नियन्त्रणमा लिन कर्फ्र्यू आदेश जारी गरेका हो। अर्को निर्णय नभएसम्म कर्फ्यू जारी रहन स्थानीय प्रशासनले जनाएको छ। 

प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलका अनुसार कृष्णनगरमा गत असोज २ गते साँझ ६ बजेदेखि मुर्ति बिर्सजनका क्रममा बिवादले उग्ररुप लिएपछि कर्फ्यू आदेश जारी गरिएको हो। आइतवार दिउँसो जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको उनले बताए। ‘हामीले कृष्णनगरमा हुन सक्ने सम्भावित घटनालाई रोक्न यो कदम चालेका हौं’, उनले भने। तीन दिनदेखि स्थानीय अगुवा र विभिन्न पक्षसंग पटक पटक छलफल गर्दा पनि स्थिती नियन्त्रणमा नआएको प्रजिअ पोख्रेलले बताए। 

पूर्वमा सेमरा, पश्चिममा झण्डेनगरर, उत्तरमा बडेया पोखरी र दक्षिणमा दशगजा चौकिल्ला कायम गरी कर्फ्र्यू लगाईएको प्रहरी नायब उपरीक्षक रबि रावलले बताए। कृष्णनगर बजारमा समूह बनाएर हिडडुल गर्न, जम्मा हुन, शान्ति सुरक्षालाई खलल हुने कुनै पनि कार्य गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने प्रजिअ पोख्रेलले बताए। 

असोज २ गते कृष्णनगर बजारमा दुर्गा भगवतीको मुर्ति बिर्सजनका क्रममा भीडलाई लक्षित गरी ढुंगा प्रहार गरिएपछि कृष्णगनर बजार तनावग्रस्त बनेको छ। सो घटनाले उग्ररुप लिएको प्रहरीले जनाएको छ। घटना पछि दोहोरो ढुंगा हानाहानसहित झडप समेत भएको थियो। प्रहरीले ३ दिनदेखि शान्ति सुरक्षा कायम गर्न प्रयास गरे पनि बिफल भएको कृष्णनगर बजारका बासिन्दा बताउँछन । आक्रोशित भीडले भन्सार कार्यालय लगातयका बिभिन्न स्थानमा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ। 

सो घटनापछि दुर्गा बिसर्जन कार्य समेत रोकिएको प्रहरी नायब उपरीक्षक रावलले बताए। अहिले दुर्गा मुर्ती कृष्णगनरको गोलपार्कमा रहेको छ। आइतवार समेत दाहोरो झडप हुँदा २ प्रहरीसहित आधा दर्जन घाइते भएका छन। स्थितीलाई नियन्त्रणमा लिन लाठी चार्जसहित नौ राउन्ड अश्रु ग्यास प्रहार गरिएको रावलले बताए। 
म्
कृष्ण्नगरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १ सय २५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। हिन्दू सुमुदाय र मुस्लिम सुमदायबीच हुन सक्ने सम्भावित दंगालाई रोक्न आफुहरु सुरक्षा र छलफलमा लागि परको प्रजिअ पोख्रेलले बताए। रोकिएको दुर्गा भगवतीको मुर्ती बिसर्जन आइतवार साँझ गर्ने गरी ब्यवस्था मिलाइएको छ। 

प्रकाशित: ४ कार्तिक २०७५ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App