७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

फाइल तस्बिर

काठमाडौँ- दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे छ।

गत असोज २२ को सचिवालय बैठकले असोज २४ का लागि तोकेको बैठक पटक पटक सरेकामा आज र भोलि (आइतबार र सोमबार)का लागि तय गरिएको छ। सो बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, यही कात्तिक १२–१३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता घोषणामा तीन महिनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने जनाइएपनि तीन महिना पूरा भएको दुई महिना व्यतीत भइसकेको छ। 

प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिक रुपमा व्यक्त गरेको असन्तुष्टि, मन्त्रीहरुको कार्यप्रगति, नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट संसद्मा ल्याउनेसम्बन्धी प्रस्तावलगायत विषयमा नेकपाभित्र विवाद हुँदै आएको छ।  बैठकले ती विवादका विषयमा निक्र्योल गर्ने बुझिएको छ। 

प्रकाशित: ४ कार्तिक २०७५ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App