‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

आइतबार, ०४ कार्तिक २०७५, १६ : ५८ नागरिक

काठमाडौँ — ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाहीँ पढाइ पनि हुन्छ...’ 

सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली चलचित्र ‘छक्कापञ्जा–३’ को यो संवाद रमाइलोको विषय नबन्न सक्छ तर यस्तै संवाद र कथावस्तुको सो चलचित्रले यसपटकको दसैंमा दर्शकको मन जित्न सफल भएको हो। यही अवधिमा प्रदर्शन भइरहेको अर्काे नेपाली चलचित्र ‘जयभोले’ ले पनि बजार पाएको छ। दुई घण्टा पच्चीस मिनेटको ‘छक्कापञ्जा–३’ र एक घण्टा ५५ मिटेनको ‘जयभोले’ले को टिकट काट्न राजधानी उपत्यकाका चलचित्र घरमा आज पनि दर्शकको लाइन देखिन्छ। 

सामाजिक यथार्थलाई जीवन्त र हास्य रससहित प्रस्तुत ‘छक्कापञ्जा–३’ प्रदर्शन शुरु भएदेखि १३औँ दिनसम्म पनि ‘हाउसफूल’ भइरहेको छ। हरेक दिन तीन पटक लाग्ने काठमाडौँ उपत्यकाका विभिन्न २० हल (मल)मा यी दुई चलचित्र हेर्नेको भीड देखिन्थ्यो। दुवै चलचित्रका कतिपय कलाकार उही भएपनि कथावस्तु र प्रस्तुतिमा भिन्नताका कारण दर्शकले दुवै चलचित्र हेर्न छोडेनन्। बिदाको बेला परिवारसहित समय बिताउने मनोरञ्जनको एक माध्यम चलचित्र भएकाले पनि यी दुई चलचित्र चलेका देखिन्छन्। 

यस बीचमा चलेका कतिपय हिन्दी चलचित्रलाई भन्दा यी दुई नेपाली चलचित्रलाई दर्शकले रुचाएको पाइएको नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले बताइन। ‘‘विगत चार वर्षदेखि दसैंका समयमा नेपाली चलचित्रको बजार बढ्न थालेको र यो क्रम यसपटक पनि जारी छ।’’ पौडेलले भनिन। 

‘बक्स अफिस प्रणाली’का परामर्शदाता मनिष पण्डितका अनुसार ‘छक्कापञ्जा–३’ ले यसबीचमा राम्रो बजार लिएको छ ‘जयभोले’ले पनि यसलाई पछ्याइरहेको छ। सामाजिक सन्देशभित्र पनि ‘हे हे माधुरी पहिलो नम्बरमा, हाइ हाइ औँठी बैन्हा मारे मैले पहिलो नम्बरमा..’जस्ता मनोरञ्जनात्मक गीतसमेत यो चलचित्रमा समावेश छ। बक्स अफिस प्रणाली लागू भएपछि कुन चलचित्रले हालसम्म कति व्यापार गरेको छ भन्ने यकिन विवरण बिगतमा जस्तो सार्वजनिक हुँदैन। निर्माता र निर्देशकले आफूखुशी धेरै व्यापार भएको प्रचार गर्ने तर चलचित्रको कर छली हुने सम्भावना रोक्न गत वैशाख १ गतेदेखि हरेक चलचित्र घरमा बक्स अफिसको सफ्टवेयर जडान गरेर ‘इ–टिकट’ अनिवार्य गरी एकीकृत सूचना सङ्कलन गरिन्छ। 

‘छक्कापञ्जा’ चलचित्रको शृङ्खलाबद्ध प्रस्तुति भएकाले पनि दीपाश्री निरौलाको निर्देशन र कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तिमा खड्का र दीपिका प्रसाईँलगायत कलाकार अभिनित ‘छक्कापञ्जा–३’ ले अहिलेको बजार लिएको देखिन्छ। घटस्थापनाका दिनदेखि चालू यो चलचित्रले बजार पाएको र दर्शकले माया गरेकामा प्रसन्न हुँदै निर्देशक निरौलाले भनिन, ‘सामाजिक चेतनाप्रधान विषयको नेपाली चलचित्रलाई दर्शकले मन पराइदिनुहुन्छ भन्ने देखिएको छ, यसबाट हामी उत्साहित छौँ।’ 

फूलपातीका दिनदेखि चल्न शुरु गरेको अशोक शर्माको ‘जयभोले’ले युवाका विकृति, प्रेम र मनोरञ्जनका साथै जातीय विभेदविरुद्धका विषयवस्तुलाई समेटेको छ। खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङलगायत कलाकार रहेको यो चलचित्रमा प्रेमका लागि युवाहरुको आपसी द्वन्द्व र त्यसले निम्त्याएका गलत प्रवृत्ति उजगार गरेको छ।    (रासस)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

भिभोको पहिलो AR ग्लास

भिभोको पहिलो AR ग्लास

चाइनिज कम्पनी भिभोले आफ्नो पहिलो अग्मेन्टेड रियालिटी ग्लास अर्थात् AR ग्लासको बारेमा जानकारी प्रदान गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमा...

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८औं संञ्चालक समितिको बैठकबाट श्री नरेश शाक्य ज्यू लाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको...

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमन, नेपालको वृहत् एक्टिभेसन एजेन्सीले मुम्बई, भारतमा आयोजित फ्लेम अवार्डस् २०१९ मा विजय प्राप्त गरेको छ । एजेन्सीले विभिन्न विधाहरुमा...

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

परम्परागत प्रविधिलाई चुनौती दिदैँ हालै वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । ...

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...