coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

श्वेता दीप्तिको तीन कृति विमोचन

काठमाडौं– श्वेता दीप्ति लिखित तीन कृति एक साथ विमोचन भएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा गृहमनत्री विमलेन्द्र निधिले दीप्तिको तीन कृति ‘विविधा’, ‘नारी जीवन विगत से वर्तमान’ र ‘उषा प्रियम्वदा का कथा जगत् और नारी जीवनकी त्रासदी’ पुस्तकको विमोचन गरेका थिए।

कार्यक्रममा डा.श्वेता दिप्तीले भने, जीवनमा विभिन्न आयामहरुमा जुन प्रकारको अन्र्तद्वन्द्व हुन्छन्, र नारी जीवनमा जुन प्रकारको त्रासदी, डर र चिन्ता भोग्नु पर्ने हुन्छ त्यस्तो कुराहरुको अनुभवको गथालाई नै समेटेर नारी जीवन विगत से लवर्तमान तक र उषा प्रियम्वदा का कथा जगत् और नारी जीवनकी त्रासदी पुस्ततको लेखन गरिएको छ । त्यस्तै विविधामा हिन्दी र नेपाली साहित्यकारले लखेका केही कृतिहरुको सामोलोचना गरिएको उनले बताइन् ।

भवानी भिक्षुको ‘मैंया’ कथाको प्रस्तुतीमा भाषा कठिन भएको टिप्पणी गर्दै डा. श्वेताले ‘मैया’ कथामा नारी मन अन्र्तभावना बुझेर कृतिमा विश्लेषण गरेको कुराको पनि प्रशंसा गर्नु भयो । हिन्दी मासिक पत्रिका ‘हिमालिनी’ र डा.कृष्णचन्द्र मिश्र पब्लिकेशन प्रालिद्वारा डा.श्वेता दीप्तिका तीनओटा कृतिहरुको विमोचन गरिएका छन्।  

कार्यक्रममा निधिले हिन्दी भाषा समृद्ध र सम्पर्क भाषाको रुपमा रहँदैआएको बताउँदैं हिन्दीभाषलाई सरकारको तर्फबाट सम्मान व्यवहार नरहेको जनाए । ‘हिन्दी भाषाले पहाड र मधेशलाई जोडेको छ ।’ उनले प्रष्ट पारे।

भारतीय दूताबासका प्रेस, सूचना तथा सँस्कृति फाँटका प्रमुख रुबी जसप्रीत शर्माले जुनसुकै भाषा भए पनि त्यसलाई बढावा दिनुपर्ने बताउँदै डा.श्वेता दिप्तीको व्यावसायिक तथा साहित्यिक उपलब्धिहरुको सराहना गरिन् ।
त्यस्तै कार्यक्रममा हिन्दी साहित्यका वरिष्ठ सर्जक डा. शरण घइले साहित्य समाजका लागि दिशा प्रदान गर्ने प्रेरणादायी शक्ति रहेको सर्जकहरुलाई प्रोत्साहन दिन सरकार मात्र नभई निजी क्षेत्रलाई समेत चासो लिनुपर्ने बताए ।

हिन्दी मासिक पत्रिका हिमालिनीकी सम्पादक एवं त्रिभुवन विश्वविद्यालयको हिन्दी विभागका अध्यक्ष श्वेता दीप्तिले हिन्दी साहित्यमा विद्यावारिधि प्राप्त गरेकी छिन्। बुधबार विमोचित तीनओटा कृतिका अतिरिक्त उनका अन्य सिर्जनाहरुमा ‘अनुभूतियों के बिखरे पल’ र ‘वीपी कोइरालाको मोदआइन’को भोजपुरी अनुवाद आदि प्रकाशित छन्।

प्रकाशित: ६ आश्विन २०७३ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App