डुंगा दुर्घटना हुँदा बेपत्ता भएकामध्ये १ को शव फेला

आइतबार, ०४ कार्तिक २०७५, १० : ४६ योगेश रावल

टीकापुर – कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका दुई जनामध्ये एकको शव भेटिएको छ। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार २३ वर्षका पुरुषोत्तम चौधरीको शव टीकापुर नगरपालिका–८ सत्तीघाट नजिकै भेटिएको हो। उनी स्थानीय बोर्डिङ स्कुलका शिक्षक हुन।

प्रहरीले नदीमा अड्किएको शव झिकेर आफन्तको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय चिसापानीका इञ्चार्ज प्रहरी निरिक्षक दिपेन्द्रबहादुर केसीले जानकारी दिए। उनका अनुसार चौधरीसँगै बेपत्ता भएका २२ वर्षका समिर बडैलाको भने अझै खोजी भइरहेको छ।

उनीहरू असोज २९ गते मोहन्याल गाउँपालिका–७ पितमारीस्थित कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका थिए। सोही डुंगामा रहेका २ जना उनीहरूकै साथी र एक जना डुंगा चालकलाई भने प्रहरीले उद्दार गरेको थियो। जोशीपुर गाउँपालिकाका चारैजना मोटरसाइकलमा पिकनिक मनाउन पितमारी पुगेका थिए।

पिकनिक मनाउने क्रममा उनीहरू चारैजना माछा मार्न प्रयोग हुने काठको सानो डुंगामा चढेको प्रहरीले जानकारी दिएको छ। सो ठाउँमा हरेक वर्ष पिकनिक गएकाहरू नदीमा पौडिने क्रममा बेपत्ता हुने गरेका छन्। प्रहरीले नदीमा पौडिन रोक लगाएको भएपनि कतिपयले अटेर गर्दै आएका छन।
 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad