coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रिमियर लिगः लिभरपुलको संघर्षपूर्ण जित, टोटेनह्यामद्वारा वेष्टह्याम पराजित

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले हडल्सफिल्ड टाउनमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको छ। हडल्सफिल्डको मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहमद सलाहले निर्णायक गोल गरेका थिए।

खेलको २४ औं मिनेटमा जर्दान साकिरीको सहयोगमा सलाहले गोल गरेपछि लिभरपुल १–० ले अघि रहेको थियो। योसँगै सलाहले प्रिमियर लिगमा ५० गोल पूरा गरेका छन्। उनले लिभरपुलबाट ४८ र चेल्सीबाट २ गोल गरेका हुन्। सुरुवातमै अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा गोल नथपेपनि हडल्सफिल्ड खेलमा फर्कन सकेन। हडल्सफिल्ड लिगमा १३ खेलदेखि जित विहीन छ।

जितसँगै लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुलको ९ खेलबाट २३ अंक छ। शीर्ष स्थानको म्यानचेष्टर सिटीको पनि २३ अंक भएपनि गोल अन्तरका आधारमा लिभरपुल दोस्रो स्थानमा रहेको हो। अर्को खेलमा टोटेनह्यामले वेष्टह्यामलाई १–० ले पराजित गरेको छ। टोटेनह्यामको जितमा एकमात्र निर्णायक गोल खेलको ४४ औं मिनेटमा एरिक लामेलाले गरेका थिए।

२१ अंकका साथ टोटेनह्याम लिगको चौंथो स्थानमा छ। समान २१ अंक जोडेको चेल्सी गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ। राति नै भएका अन्य खेलहरूमा कार्डीफले फुलह्यामलाई ४–२, ब्राइटनले न्युक्यासललाई १–० र वार्टफोर्डले वोल्भरह्यामटनलाई २–० ले हराएका छन्। बर्नमाउन र साउथह्याम्पटनले भने गोलरहित बराबरी खेल्दै अंक बाडे।

प्रकाशित: ४ कार्तिक २०७५ ०३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App