५ वैशाख २०८१ बुधबार
खेल

फराकिलो जितका साथ म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं – म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ५–० को फराकिलो गोलअन्तरले हरायो।

इदिहाद स्टेडियममा बर्नलीविरुद्ध पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप चार गोल गरेको थियो। सिटीको जितमा १७ औं मिनेटमा सर्जियो अग्युइरो, ५४ औं मिनेटमा बनार्डो सिल्भा, ५६ औं मिनेटमा फर्नान्डिन्हो, ८३ औं मिनेटमा रियाद महरेज र ९० औं मिनेटमा लिरोए सानेले गोल गरे। जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीको ९ खेलबाट २३ अंक भएको छ।  पराजित बर्नली भने ८ अंकका साथ १३ औं स्थानमा छ।

प्रकाशित: ४ कार्तिक २०७५ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App