coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रियल मड्रिडको खराब प्रदर्शन जारी, लेभान्टेसँग स्तब्ध

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा खराब प्रदर्शनबाट गुज्रिरहेको रियल मड्रिडले सोही लयलाई निरन्तरता दिएको छ। पछिल्ला पाँच खेलमध्ये चौथो हार व्यहोर्ने क्रममा रियललाई शनिबार राति सम्पन्न खेलमा लेभान्टेले २–१ ले पराजित गरेको छ।

रियलको घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई जिताउन खेलको छैटौं मिनेटमा मोरालेस र १३ औं मिनेटमा मार्तीले पेनाल्टीमार्फद गोल गरे।

पराजित रियलका लागि भने खेलको ७२ औं मिनेटमा मार्सेलोले एक गोल फर्काएपनि बराबरीका लागि पर्याप्त भएन।  खेलमा बल पोजिसन आफ्नो पक्षमा राखेपनि रियलले जित निकाल्न सकेन। जितसँगै लेभान्टे ९ खेलबाट १३ अंक जोडदै लिगको सातौं स्थानमा अक्लिएको छ। यता रियल मड्रिड भने पाँचौं स्थानमा छ। 

 

प्रकाशित: ३ कार्तिक २०७५ १६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App