८ वैशाख २०८१ शनिबार
समाज

रामेछापमा टाटा सुमो दुर्घटना हुँदा २ को मृत्यु, ८ घाइते

रामेछाप – रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको खराने पाखामा शनिबार साँझ ना १ ज ४८१२ नं. टाटा सुमो दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन्। घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको छ। 

दुर्घटनमा परी मृत्यु हुनेमा रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँकी ६० वर्षीया ललीमाया कार्की र उनका छोरा ४० वर्षीया दुर्गा बहादुर कार्की रहेको रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शेष अदालतले जानकारी दिए। घाइतेहरूलाई उद्धार गरी उपचारको लागि सदरमुकाम मन्थली ल्याइएको छ। दुर्घटना साँझमा भएकोले अध्यारोका कारण उद्धार गर्न समस्या भएको प्रहरी निरीक्षक अदालतले जानकारी दिए।

सुमो सडकबाट करिब ३ सय मिटर तल झरेको थियो। सुमो दसैंको टीका लगाएर फर्कने मानिस बोकेर कुकुरकाटे भन्ज्याङबाट रामेछाप नगरपालिका वडा नं. १ गोठपानीका लागि  हिँडेको थियो।  दुर्घटनाको कारण भने खुल्न सकेको छैन। सुमोमा कती यात्रु थिए एकिन नभएकोले घटनाको वास्तविक विवरण अझै आइनसकेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ घाइतेको उद्धार गरी अस्पताल ल्याउन सुरक्षाकर्मी र एम्बुलेन्सलाई घटनास्थलतर्फ तत्कालै पठाइएको प्रहरीले जनाएकाे छ।

 

प्रकाशित: ३ कार्तिक २०७५ १६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App