coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस नेताले भने : जोकर शैलीमा सरकार चल्न सक्दैन्

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन्। 

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता बस्नेतले वर्तमान सरकार दुई तिहाई दम्भको आधारमा समाजमा ताण्डब नृत्य देखाइरहेको आरोप लगाए। ‘सरकार पूर्ण रुपमा असफल भएको छ भन्ने कुरा जसले यो सरकारलाई समर्थन गर्नुभएको छ, उहाँहरुले पनि यो कुरा भनिसक्नुभएको छ। देशमा अहिले शान्ति, सुरक्षाको अवस्था दयनीय छ। दशैंजस्तो चाडको बीचमा महँगी अत्यधिक बढेको छ। बलात्कारको घट्ना सबैभन्दा बढी यो अवधिमा भएको छ।’

बलात्कारीहरुलाई पत्ता लगाउनुको साटो सरकारले प्रमाणहरु लुकाउने काम गर्यो  जतिवटा छानबिन आयोग गठन भएपनि अहिलेसम्म गहिराई त परै जाओस् सतहीमा पनि पुग्न सकेको छैन् । किनभने जसले छानबिन गर्नुपर्ने हो, उनीहरुले घट्नामा मुछिएका छन् भन्ने कुरा बाहिर आएका छन्।’

जनताले बलात्कारीलाई पत्ता लगाएर कारबाही गर्नुपर्छ, महँगी नियन्त्रण गर्नुपर्छ, बाटोघाटो बनाउनुपर्यो भनेर गुनासो पोख्न थालेपछि प्रधानमन्त्रीजस्तो व्यक्तिले भन्नै नहुने कुरा बोलेको पनि उनले गुनासो पोखे। उनले भने, ‘उहाँजस्तो व्यक्तिले भन्नै नहुने कुरा अरिंगाल भएर हाम्रा कार्यकर्ताहरु प्रस्तुत हुनुपर्छ भन्नुभयो। सरकारमा गएर नेतृत्व गरेको व्यक्तिले मौरी भएर जनतालाई मह पो देउ भनेर भन्नुपर्यो । जोकरशैलीमा मात्रै सरकार चल्न सक्दैन्। प्रधानमन्त्रीले गम्भिर विषयहरुलाई सामान्य रुपमा लिएको अवस्था छ।’

प्रकाशित: ३ कार्तिक २०७५ १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App