८ वैशाख २०८१ शनिबार
समाज

गाविसका सहलेखापाल हत्याको विरोधमा कार्यालय बन्द

भद्रपुर– झापाकाे शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले आज सबै स्थानीय निकायअन्तर्गतका कार्यालय बन्द गरेको छ ।


कार्यालयको कामको सिलसिलामा घर फर्कने क्रममा उनको हत्या भई बुधबार बिहान कन्काई नगरपालिकाको चप्रामारीमा शव भेटिएको थियो।

कर्मचारीहरुको असुरक्षा बढेको र हत्याराको पहिचान गरी कानुन बमोजिम कारबाही हुनुपर्ने माग गर्दै कार्यालयहरु बन्दको घोषणा गरेको सङ्घका सचिव डिल्लीराम नेपालले जानकारी दिए। रासस

प्रकाशित: ६ आश्विन २०७३ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App