साउदी दूतावासभित्रै पत्रकार खशोग्गीको मृत्यु भएको पुष्टि, दुई अधिकारी बर्खास्त

शनिबार, ०३ कार्तिक २०७५, १२ : ०५ एजेन्सी

रियाद– साउदी अरबले पत्रकार जमाल खशोग्गीको मृत्यु टर्कीस्थित आफ्नो दूतावासभित्र भएको पुष्टि गरेको छ। घटनाको पुष्टि भएसँगै उच्च गुप्तचर अधिकारी अहमद अल असिरी र राजपरिवारका वरिष्ठ सल्लाहकार साउद अल कतानीलाई बर्खास्त गरिएको छ। १८ जनालाई गिरफ्तार गरिएको छ।

अक्टोबर २ मा विहेका लागि कागजात बनाउन इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास जाँदा पत्रकार खशोग्गी बेपत्ता भएका थिए। साउदी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार खशोग्गी र वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको झगडाले मृत्यु भएको बताइएको छ।

यसअघि खशोग्गी वाणिज्य दूतावासभित्रै मारिएको भन्ने टर्कीको दाबी रियादले अस्वीकार गर्दै आएको थियो। पत्रकार बेपत्ता प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन रियादले आफ्ना निकट साझेदार मुलुकबाटै चर्को दबाब झेल्दै आएको थियो। 
कतिपयले शक्तिशाली साउदी राजकुमार मोहम्मदकै निर्देशनमा खशोग्गीको हत्या गरिएको आरोप लगाउँदै आएका छन्। खशोग्गी राजकुमार मोहम्मदका कतिपय नीतिका कटु आलोचक थिए।

खशोग्गी पछिल्लाे समय अमेरिकामा स्व:निर्वासनमा बस्दै अाएका थिए। 






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad