coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चार वर्षमा पनि बनेन अस्पताल भवन

चार वर्षसम्म बन्न नसकेको जलेको अस्पतालको ओपिडी भवन ।   तस्बिरः डिवी/ नागरिक

जुम्ला – गुठिचौर गाउँपालिकाकी लक्ष्मी बुढा आमाको उपचारका लागि एक हप्ताअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगिन्। उनले आमाको उपचारका लागि छानेर चिकित्सक पाइन्, नियमित चिकित्सकको निगरानी देखिन्, अस्पतालको खटिएका कर्मचारीको रेस्पोन्स पनि राम्रो देखिन्, तर नजिकैको जलेको भवन देख्दा झस्किइन्।

उनले भनिन्, “यहाँको सबै व्यवस्थापन राम्रो भएर के काम, नजिकै जलेको भवनले विरामी र कुरुवालाई त्रसिद बनाउँछ भने।” अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामी जलेको भवन देख्ने वित्तिकै असुरक्षित महसुस गर्न थाल्छन्, उनले भन्नि,“कर्णाली अस्पतालमा पश्चिम नेपालकै ठुलो संरचना छ, तर अस्पताल भित्रको एउटा भवन नबन्दा विरामीलाई शान्तिको अनुभूति हुन सकेको छैन्।

तिला गाउँपालिकाका तुलबहादुर थापा एक महिनाअघि कर्णाली अस्पतालमा पेटको उपचार गर्न पुगे। अस्पताल आउँदा आगजनी भएको भवन जस्ताको तस्तै देख्दा अलमलिए। उनले भने,“चार वर्षसम्म अस्पतालको एउटा भवन बन्न नसक्नु विडम्वना हो, यो भवनले यहाँ उपचार गर्न आउने हरेक विरामीको मन झस्काउँछ, अशान्तिको अनुभूति गराउँछ,।” उनले तत्काल भवन निर्माण गरेर विरामी र कुरुवालाई शान्तिपूर्वक बस्न पाउने अवस्था सिर्जना गर्न माग गरे। 

४ वर्षअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको ओपिडी भवनमा आगजनी भएको थियो।  केन्द्रिय अनुसन्धान व्युरो (सिआइवीले)अनुसन्धान प्रतिवेदन नबुझाउदा भवन निर्माणको काम अघि बढ्न नसकेको अस्पताल प्रशासन बताउँछ। अस्पतालमा भएको आगजनीको दोषीलाई समयमै कारवाही हुने र जलेको भवन समयमै बन्नेमा जुम्लावासी विश्वस्त थिए, स्थानीय कर्णवहादुर भण्डारीले भने,“न चार वर्षसम्म अस्पतालको भवन बन्यो, नत दोषीलाई कारवाही।”

सिआइवीले अनुसन्धान टुंगो नलगाउदा भवन निर्माणको लागि दाता भेटिएका छैनन्। न सिआइवीले आगजनीमा संलग्नलाई पक्राउ गर्न सक्यो, नत आगजनीका बारेमा प्रतिवेदन सार्वजनिक गर्न सक्यो। अस्पताल प्रशासनले आगजनी पछिको पुनर्निमाणका लागि इन्जीनियरीङ प्रतिवेदन तयारी भइसकेको ३ वर्ष पहिले नै बताइसकेको थियो।   आगजनीबाट भएको क्षतिको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश भइसकेको छ। 

अहिले ३ सय सैयाको भवन निर्माणले संरचना अभावको महसुस नभएपनि जलेको भवनले त्रास बनाउने काम भइरहेको स्थानीय बताउँछन। आगजनीबाट दुई करोड ७४ लाख ४१ हजार ९ सय ९ रुपैयाँ बराबरको क्षति पुगेको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिष्टार विश्वराज काफ्ले केन्द्रीय अनुसन्धान व्युरोको कार्यालयमा गएर जलेको भवन अनुसन्धानको कामको बारेका बुझेको बताउँछन।

उनले भने,“सिआइवीले भवन निर्माणका लागि स्वीकृति दिइसकेको छ, आगामी कार्यक्रममा यो भवन बनाउन बजेटको तर्जुमा हुन्छ। अनुसन्धान नरोकिने गरी भवन निर्माणको काम अघि बढ्ने उनको भनाई छ। उनले भने,“सिआईबी भवन बनाउँदै गर्नोस, अनुसन्धान हुँदै गर्छ भन्छ, सोहि बमोजिम जलेको भवन पुनर्निमाणमा जुटिसकेका छौँ, एक वर्षमा यो भवन ठडिन्छ, विरामीको त्रास पनि हट्छ। 

प्रकाशित: ३ कार्तिक २०७५ ०३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App