काठमाडौं – अलाभेस स्पेनीस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएका छ। प्रतियोगिताअन्तर्गत शुक्रबार राति भएको खेलमा अलाभेसले सेल्टा भिगोलाई उसैको मैदानमा १–० ले हरायो।
अलाभेसलाई जिताउन खेलको ५८ औं मिनेटमा टोमस पिनाले निर्णायक गोल गरे। खेलमा ६१ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेपनि सेल्टाले गोल गर्न भने सकेन। जितसँगै अलाभेसले ९ खेलबाट १७ अंक जोडेको छ।
दोस्रो स्थानमा रहेको सेभियाको १६, तेस्रो स्थानको साविक विजेता बार्सिलोनाको १५ र चौंथो स्थानको एथ्लेटिको मड्रिडको १५ अंक छ। तर सेभिया र बार्सिलोना र एथ्लेटिको मड्रिडले एक खेल कम खेलेका छन्। पराजित सेल्टा भिगो भने १० अंकका साथ दशाैं स्थानमा छ।
प्रकाशित: ३ कार्तिक २०७५ ०२:१९ शनिबार