८ वैशाख २०८१ शनिबार
प्रवास

बाबुआमाको मृत्युपछि बिचल्लीमा परेका बालबालिकालाई मलेसियाबाट सहयोग

खोटाङ– बाबुआमाको मृत्यु भएपछि बिचल्लीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ७ बालबच्चालाई मलेसियामा रहेका शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त भएको छ। करेन्ट लाग्दा गत साउन १८ गते ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका चन्द्र किरात र अनिच्छुक गर्भपतन गराउने क्रममा स्वास्थ्यकर्मीको त्रुटिका कारण २०७३ साल भदौ १९ गते जिल्ला अस्पतालमा ज्यान गुमाएकी तलकुमारी राईका ५ छोरी र २ छोरालाई धितुङ घर भइ हाल मलेसियामा रहेका तयनसिं राईको पहलमा संकलन भएको १ लाख ५१ हजार ७४० रुपैयाँ रकम प्राप्त भएको हो। 

अभिभावक बिहिन बनेका ७ बालबच्चाको जीवनयापन, शिक्षा दिक्षा एबं उज्जल भबिष्यको लागि शुभेच्छुक तयनसिंको पहलमा मलेसियामा सहयोग रकम जुटाइएको हो। मलेसियामा संकलन भएको रकम राई परिवारकी जेठी छोरी बुङाटुङ चामलिङको नाममा प्राप्त भएको जनक राईले जानकारी दिए। आमाको मृत्यु भएको केही वर्षपछि बाबुको पनि मृत्यु भएपछि हाल जेठी छोरी बुङाटुङले ४ बहिनी र २ भाईको अभिभाबकत्व निभाइरहेकी छन्। 

४ वर्षदेखि १६ वर्ष उमेरका बालबच्चाको नाजुक अवस्था भएपछि केही समयअघि हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आफ्नो पारिश्रमिकबाट २० हजार १ सय २० रुपैयाँ प्रदान गरिसकेकी छन्। यस्तै, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलिङले पनि आफ्नो असोज महिनाको २० दिनको पारिश्रमिक बराबर २० हजार सहयोग गरेका थिए। 

जिसस प्रमुख चाम्लिङले बाबुआमाको मृत्यु भएपछि अभिभावकबिहिन बनेका बालबालिकामध्ये एक जनाको अभिभावकत्व ग्रहण गर्ने समेत घोषणा गरेका छन्। अनाथ बनेका बालबच्चाको सहयोगका लागि खडेन्द्र राईको संयोजकत्वमा सहयोग समिति समेत बनिसकेको छ। 

प्रकाशित: २ कार्तिक २०७५ १२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App